Friday, April 26, 2024
Homebreaking-newsदोलही खोलामा तटबन्ध

दोलही खोलामा तटबन्ध

- Advertisement -spot_img

दाङ, ५ फागुन । सधै बाढीले वितण्डा मच्चाउने देउखुरीको दोलही खोलामा वारपार तटबन्ध गरिएको छ । खोलाको गुरूयोजना नै निर्माण गरेर वारपार तटबन्ध गरिएको हो ।
राप्ती गाउँपालिकाको कोहलुवाबाट लमही नगरको अन्तिम विन्दुसम्म करिव ११ किलोमिटर क्षेत्रमा तटबन्ध गरिएको सिंचाई विकास डिभिजन कार्यालय तुलसीपुर दाङले जनाएको छ । यसका लागि झण्डै ३४ करोड खर्च भएको छ ।
गुरूयोजना नै निर्माण गरेर नदी कटान रोक्ने र बस्ती समुदाय, खेतीयोग्य जमिन संरक्षण गर्न ११ किलोमिटर क्षेत्रमा दोहोरो तटबन्ध गरिएको कार्यालयका इन्जिनियर मदन शाहले जानकारी दिए ।
पहिले भूमिगत जलस्रोतले गर्दै आएको काम स्वामित्व हस्तान्तरण भएसँगै अहिले सिंचाईले गर्न थालेको शाहले बताए । पाँचवटा ब्लक (प्याकेज) मार्फत काम तिव्र रूपमा बढिरहेको छ ।
२०७४ सालदेखि सुरू भएको काम यो वर्षसम्म पूर्ण गर्नुपर्ने छ । दोलहीखोलामा २०६२ र ०६९ मा आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो, अब त्यस्तो क्षति नहोस् भनेर तटबन्ध गरिएको छ,
इन्जिनियर शाहले भने । दोलहीखोलाको स्वीकृत गुरूयोजना अनुसार काम अगाडि बढाइएको उनको भनाइ छ । उक्त खोलामा पाँचवटा प्याकेजमा काम भइरहेको इन्जिनियर शाहले बताए । ठेक्कामार्फत काम गरिदै आएको छ । केही स्थानमा सकिएको छ भने केही स्थानमा काम तिव्र गतिमा छ ।
खोलामा बलियो तटबन्ध बन्न थाले पनि स्थानीयहरू समेत खुसी भएका छन् । खोलाको दुबैतिर तटबन्ध गर्दा यसले बस्तीलाई जोखिमबाट बचाउनुका साथै खेतीयोग्य जमिन संरक्षणमा समेत सहयोग पुगेको स्थानीयहरूको भनाइ छ ।
राप्ती गाउँपालिका वडा नं. ८ कोहलुवाका खिमबहादुर केसीले दोलही खोलामा भएको तटबन्धले स्थानीयलाई खुसी बनाएको बताए ।
‘तटबन्ध बनेपछि ढुक्कसँग निन्द्रा लाग्ने भएको छ’ केसीले भने पहिले बादल लाग्दासमेत डराउनुपर्ने अवस्था थियो, ‘अब आकाशमा बादल हैन पानी परे पनि ढुक्कले सुतिन्छ ।’
खोलाको दुबैतिर तटबन्ध भए अब बस्तीमा बाढी नपस्नेमा विश्वस्त भएको उनले बताए । ‘वर्षातको समयमा र आकाशमा बादल लागेको समयमा हामी रातमा निदाउन पाउँदैन थियाँै’ केसीले भने ।
दोलहीखोलाबाट राप्ती गाउँपालिका वडा नं. ४, ५, ६ र वडा ८ मा क्षति पु¥याइरहेको उनले बताइन् । तटबन्ध नहुँदासम्म कति बेला बाढीमा बस्ने भन्ने चिन्ताले सताउने गरेको उनले बताए ।
२०६२ सालमा र २०६९ सालमा बाढी आउँदा बिचल्ली पारको केसीले बताए । आफु पनि बाढीपीडित भएको उनले बताए । बाढीले धनजनको क्षतिका साथै बस्ने बास, पशुपंक्षीसमेत क्षति पुगेको थियो ।
त्यसैगरेर स्थानीय बासिन्दाहरूको खेतीसमेत बाढीले लगि दिएको थियो भने खेतीयोग्य जमिनसमेत कटान गरेको थियो । अहिले तटबन्ध भएको स्थानमा स्थानीय बासिन्दाहरूले तरकारी खेतीसमेत सुरू गरेका छन् । ‘अहिले तटबन्ध गरिएको क्षेत्रमा तरकारी खेती गर्ने सुरू गरिएको छ’ केसीले भने ।
गढवा गाउँपालिका वडा नं ६ का विष्णु चौधरीले पनि तटबन्धले आफूहरूलाई ठूलो राहत मिलेको बताए । घर नजिकै भएकाले कतिबेला बगाउने हो भन्ने चिन्ताबाट अहिले मुक्त भएको उनले बताए ।
‘हामीलाई तटबन्धले ठूलो राहत दिएको छ’ चौधरीले भने । अहिले पानी आउँदा डराउनुपर्ने अवस्था छैन ।
धेरैलाई यसले सहयोग गरेको चौधरीले बताए । तटबन्ध भएपनि बस्तीसँगै आफूहरूको खेती गर्ने जग्गाको पनि संरक्षण भएको उनले बताए । कार्यालयले देउखुरी क्षेत्रका त्यस्ता दर्जन खोलाहरूमा तटबन्ध निर्माण गरिरहेको बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here