Sunday, April 21, 2024
Homeमुख्य खबरदुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

- Advertisement -spot_img

घोराही, ५ असोज । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं ९ गुकाली डाँडामा शुक्रबार राति रा ४ प ७८९३ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा घोराही–९ का मनोज विक र घोराही–५ धर्नाका दिपक विकको मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार राति तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको उक्त मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते विक दुबैजनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । दूरी देखाउन बनाईएको पिलरमा मोटरसाईकल ठोकिन गई दुर्घटना भएको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here