Friday, April 26, 2024
Homeफिचरदुई हजारलाई रोजगार

दुई हजारलाई रोजगार

- Advertisement -spot_img

तीन करोड खर्च गरिदै …
तुलसीपुर, ३० जेठ । तुलसीपुर उपमहानगर–१३ पूmलबारीका लुमाकान्त खड्का तीन वर्षअघि वैदेशिक रोजगारीबाट घरमा फर्किए । उनी नेपालमै केही गर्छु भन्ने सोचका साथ वैदेशिक रोजगारीबाट फर्किएका थिए तर घरमा आएपछि केही रोजगारीको अवसर नपाएपछि फेरी वैदेशिक रोजगारीका लागि भिषा लगाएका छन् ।
रोजगारीका लागि मलेसिया जाने तयारी गरेका खड्काले एक महिनाअघि नेपालमा बेरोजगारलाई रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रमबारे खबर पाए र वडा कार्यालयमा गएर रोजगारीका लागि आवेदन दिए ।
आवेदन पछि वडाले उनको नाम छनौट ग¥यो । अहिले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा हुन लागेका विकास निर्माणमा जुटेका छन् । ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको छ,
अब सरकारले हामी जस्तै धेरै युवा विदेश पलायन हुने गरेका छन्, यस्तै रोजगार कार्यक्रमले समेट्न सकोस्’ उनले भने ‘खै दीर्घकालिन हुन्छ कि नै ? काम गर्ने जोश, जाँगर भएका युवालाई नेपालमै केही गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ,
अब यति थोरैलाई मात्र नभएर अलि धेरैलाई रोजगारी सिर्जना गर्नुपर्छ ।’ उनी जस्तै तुलसीपुर उपमहानपालिका–१८ मनिकापुरका पवित्रा पुनलाई पनि परिवार चलाउने जिम्मा छ, केही वर्षअघि वैदेशिक रोजगारीको क्रममा श्रीमानको निधन भएपछि सम्पूर्ण जिम्मेवारी काँधमा आएको छ ।
मजदुरी गरेर छोराछोरीको पठनपाठन र पालनपोषण गरिरहेकी पुन अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरका विभिन्न विकास निर्माणमा लाग्न पाउँदा निकै खुशी भएकी छन् ।
‘सरकारले रोजगार दिन थालेको छ, खुशीको कुरा हो तर श्रम अनुसारको पारिश्रमिक हामी कामदारलाई मन परेको छैन्, गर्मी टन्टलापुर घाम नभनी काम गर्नुपर्छ, तर ज्याला निकै कम छ, सरकारले हामी जस्तै देशमै रोजगारी गर्छु भन्ने युवालाई खुशी बनाउन सक्नुपर्छ,
 

कुन पालिकामा कतिलाई रोजगारी दिने ?

स्थानीय तह छनौट संख्या बजेट आवेदन संख्या
घोराही उपमहानगर ४७५ जना १ करोड १३,२५७
तलसीपुर उपमहानगर ६०० जना १ करोड ११,०००
लमही नगरपालिका २७० जना ३९ लाख ३,१५६
शान्तिनगर गाउँपालिका २७० जना २२ लाख ४,४५१
बबई गाउँपालिका १०४ जना २४ लाख ४,२२६
दंगीशरण गाउँपालिका ३०० जना १८ लाख ३,९००
राप्ती गाउँपालिका – ३४ लाख २,४५१
राजपुर गाउँपालिका २३६ जना १९ लाख २, ०१५
गढवा गाउँपालिका – ३१ लाख ३,५८४
बंगलाचुली गाउँपालिका ९० जना २० लाख ८१२
तबमात्रै सरकारी कार्यक्रम सफल बन्नेछ’ उनले भनिन् । सरकारले बेरोजगार युवालाई एक सय दिनको रोजगारी प्रदान गरेपछि अहिले धेरै युवाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समृद्धि खोज्ने प्रयास गरेका छन् भने पारिश्रमिक पनि कम भएको गुनासो गरेका छन् ।
सरकारले ल्याएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई अहिले दाङका केही स्थानीय तहले शुरु गरिरसकेका छन् भने अधिकांश स्थानीय तहले शुरु गर्न तयारी थालेका छन् ।
दश स्थानीय तहमध्ये बबई गाउँपालिकाले सबैभन्दा पहिले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिसकेको छ भने तुलसीपुर उपमहानगरपालिकाले बिहीबारदेखि शुरु गरेको छ ।
बबई गाउँपालिकाले चालु वर्षमा १ सय ४ जनालाई रोजगारी दिएको छ । चालुवर्ष सकिनै लाग्दा करिब १ महिनासम्म पालिकाभित्रका विकास निर्माण सडक, वृक्षारोपन, सरसफाई, नाला निर्माणलगायतका लगाउने रोजगार संयोजकहरुले जनाएका छन् ।
रोजगारमा संलग्नले ८ घण्टा काम गरेवाफत दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउने उनीहरुको भनाई छ ।
दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारका लागि ४५ हजार ४८ जनाले आवेदन दिएका छन् । ति मध्ये चालु वर्षमा दशवटै स्थानीय तहमा २ हजार बढीले रोजगारी पाउने भएका छन् । चालु वर्षमा प्रधानमन्त्री रोजगारका लागि दाङ ३ करोड १७ लाख बजेट प्राप्त भएको छ ।

दाङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारका लागि ४५ हजार ४८ जनाले आवेदन दिएका छन् । ति मध्ये

यसैबीच तुलसीपुर उपमहानगरले बिहीबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमले केही मात्रामा भएपनि युवा विदेश पलायन हुनबाट रोक्ने बताए ।
‘अब स्वदेशमै रोजगारीका अवसर प्राप्त हुन थालेका छन्, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले युवा विदेश पलायन हुने अवस्थामा कमि आउँछ’ उनले भने ‘श्रमको सम्मान गर्न सिकौँ, कामको आधारमा कसैलाई विभेद नगरौँ,
हामी रोजगारी दिन्छौँ, तपाई काम गर्न तयार हुनुस् ।’ उपमहानगरपालिकामा रोजगारीका लागि आवेदन दिएका ११ हजारमध्ये चालु वर्षमा ६ सय जनालाई रोजगारी प्रदान गरिएको रोजगार संयोजक भागवत घिमिरेले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकामा पुरुषकोल तुलनामा महिला रोजगार कार्यक्रममा सहभागी भएको उनले बताए । ‘पुरुषहरु अधिकांश विदेशमा हुनुहुन्छ, घरमा भनेको महिला बढी छन्, त्यसै कारण पनि महिलाको संख्या बढी देखिन्छ, एकिन तथ्याङ्क त छैन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here