Sunday, April 21, 2024
Homebreaking-newsदार्मा खोलामा पक्की पुल

दार्मा खोलामा पक्की पुल

- Advertisement -spot_img

सल्यान, १८ पुस । दार्मा गाउँपालिका सल्यानको केन्द्र फारूलाचौर जोड्ने दार्मा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीसहितको जनप्रतिनिधिको टोलीले पुलको शिलान्यास गरेको हो ।
पुलको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिकामा बाह्रै महिना यातायात सुचारू गर्ने उद्देश्यका साथ पुललाई प्राथमिकतामा राखिएको बताए ।
वर्षाको समयमा सधैँ बाटो अवरूद्ध हुने समस्याको अन्त्य अर्को वर्ष नआउने उनले बताए । गाउँपालिकाले सडकलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै उनले २ वर्षभित्रमा गाउँपालिकाका बस्तीहरूमा सडक पु¥याउने लक्ष्यका साथ अघि बढेको जानकारी दिए ।
रारेचौर–फारूलाचौर सडकखण्डको दार्माखोलामा निर्माण हुने उक्त पुल प्रदेश सरकारको १ करोड ८७ लाख २ हजार ८ सय ८२ रूपैयाँको लागतमा निर्माण हुन लागेको हो ।
लक्ष्मण जेभी भरतपुर चितवन निर्माण कम्पनीले २०७७ असार २० गतेभित्र काम सम्पन्न गर्ने गरी काम सुरू गरेको छ । पुलको चौडाइ ७.२ मिटर र लम्बाइ २५ मिटर रहेको गाउँपालिकाका प्राविधिक प्रकाश खड्काले जानकारी दिए ।
जसमा पुलको दुबैतर्फ पैदल यात्रीका लागि ६०/६० सेन्टिमिटर छुट्याइएको उनले जानकारी दिए । पुल निर्माणका लागि स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी), स्थानीय सडक पुल सहयोग इकाई (एलआरबिएसयु) मानभवन ललितपुर नेपाल तथा स्वीस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोग रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here