Thursday, May 2, 2024
Homeमुख्य खबरदाङमा स्वास्थ्य कार्यालय स्थापना

दाङमा स्वास्थ्य कार्यालय स्थापना

- Advertisement -spot_img

घोराही, १८ मंसिर । दाङमा स्वास्थ्य कार्यालयको स्थापना गरिएको छ । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने गरी साविकको जनस्वास्थ्य कार्यालयमा स्वास्थ्य कार्यालयको स्थापना गरिएको हो । दाङसहित अर्घाखाँची र कपिलवस्तु गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको स्वास्थ्य कार्यालयको सोमबार प्रदेश सांसद अमरबहादुर डाँगीले उद्घाटन गरेका छन् ।
कार्यालयको उद्घाटन गर्दै प्रदेश सांसद डाँगीले स्वास्थ्य कार्यालयको स्थापना हुुनु नै संघीयतालाई जीवनशैलीमा परिणत गर्ने प्रक्रिया सुुरु भएको बताए । उनले प्रदेश सरकार नीति नियम निर्माणको क्रममा रहेको भन्दै स्वास्थ्य कार्यालयले सेवाग्राहीलाई निर्धक्क रुपमा सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए ।
जनस्वास्थ्य अधिकृत प्रकाशकुमार योगीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रममा कार्यालय प्रमुुख केशव पण्डितले स्थानीय तहमा रहेका स्वास्थ्य शाखासँग समन्वय गर्ने र खोपजन्य सेवा कार्यालयबाट प्रवाह हुने बताए । स्वास्थ्य कार्यालयमा १४ जनाको दरबन्दी रहेको छ । दाङसहित प्रदेश नम्बर ५ मा ६ वटा स्वास्थ्य कार्यालय स्थापना भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here