Thursday, May 2, 2024
Homeमुख्य खबरतेक्वान्दोको ग्रेडिङ तथा दीक्षान्त समारोह

तेक्वान्दोको ग्रेडिङ तथा दीक्षान्त समारोह

- Advertisement -spot_img

तुलसीपुर, २४ भदौ । तेक्वान्दो ग्रेडिङ तथा दीक्षान्त समारोह शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । बेलझुण्डी तेक्वान्दो डोजाङको आयोजनामा भएको समारोहमा सिनियर ब्ल्याक बेल्टतर्फ १३ जना र जुनियरतर्फ ९४ जना गरी जम्मा एक सय सातजना खेलाडी दीक्षित भएका छन् । यसरी दीक्षित हुनेमा हाम्रो पहुँच तेक्वान्दो डोजाङबाट सिनियर ब्ल्याक बेल्टतर्फ नौजना र बेल्झुण्डी तेक्वान्दो डोजाङबाट चारजना रहेका छन् । ग्रेडिङ तथा दीक्षान्त समारोहमा हाम्रो पहुँच, डिभाईन टेम्पल र बेल्झुण्डी तेक्वान्दो डोजाङका सिनियर तथा सुनियर खेलाडीको सहभागिता रहेको थियो । ग्रेडिङ कार्यक्रमको मुख्य प्रशिक्षकमा नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ५ का कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी मोहन सुनार, तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियार, भोलेन्टिएर प्रशिक्षक स्वागत परिवार रहेका थिए ।

व्यावसायिक खेलकुद अबको गन्तव्य बन्न सक्नुपर्छ, त्यसैमा देशको समृद्धि छ ।


कार्यक्रम बेल्झुण्डी तेक्वान्दो डोजाङका संरक्षक शिव कुमार थापाको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ५ का उपाध्यक्ष एवं तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी जितबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खेलकुदको विकास बिना देशको समृद्धि असम्भव भएको बताए । व्यावसायिक खेलकुद अबको गन्तव्य बन्न सक्नुपर्छ, त्यसैमा देशको समृद्धि छ उनले भने । विकास, अनुशासन र गतिशीलतालाई एउटा खेलाडीले उच्च आदर्शका रुपमा पालना गर्नुपर्ने उनले बताए ।
उक्त अवसरमा मध्यपश्चिम क्षेत्रीय भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमाल, गोरखा मावि तुलसीपुरका प्राचार्य विजय जिएम, तुलसीपुर नगरजेसिजका अध्यक्ष दिपेश भण्डारी, निवर्तमान अध्यक्ष विमल पौडेल, खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, हाम्रो पहुँच सेकेण्डरी स्कुल तुलसीपुरका शिक्षक तिलक कालाथोकी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here