Friday, April 26, 2024
Homeफिचरतुलसीपुर ६ बालश्रममुक्त वडा

तुलसीपुर ६ बालश्रममुक्त वडा

- Advertisement -spot_img

तुलसीपुर, २९ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बालश्रममुक्त वडा घोषणा गरिएको छ । बाल दिवसको अवसर पारेर उपमहानगरपालिकाको ६ नं. वडालाई शनिबार बालश्रममुक्त वडा घोषणा गरिएको हो । जिल्लामै पहिलो बालश्रममुक्त वडाको रुपमा तुलसीपुर–६ रहेको वडा अध्यक्ष नवराज लामिछानेले बताए ।
बालश्रममुक्तका लागि लामो समयदेखि वडामा प्रयास भइरहेको थियो । त्यहि प्रयासले आज बालश्रममुक्त वडा बनाउन सफल भएका छौँ, अध्यक्ष लामिछानेले भने, हामीले सम्पूर्ण सूचकहरु पूरा गरेका छाँै । तुलसीपुरमा भएको अध्ययनले केही समय अघि ६ नम्बरमा डेढ सयभन्दा बढी बालश्रमिक रहेको देखाएको थियो । घोषणको तयारी गर्दै गर्दा १३ जना बालश्रमिक भेटिएका थिए ।
१३ जनालाई परिवारमा पुनस्र्थापन र ब्यवस्थापन गरेपछि वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाका ४ हजार ७० जना बालबालिकाहरुमा गरेको सर्वेक्षणमा भेटिएका १३ जना बालश्रमिकको पुनस्र्थापनासँगै नगरलाई बालश्रममुक्त बनाउनका लागि वडाले यो अभियानको सुरुवात गरेको हो । जसमा ६ जना घरमा रहेका बालश्रमिक र ७ जना ग्यारेज श्रमिक रहेका थिए । वडालाई नगर प्रमुख घनश्याम पाण्डे र प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले बालश्रममुक्त वडा घोषणा गरेका थिए ।
घोषण कार्यक्रममा सहभागीहरुले बालबालिकाको अधिकारको सुनिश्चित नगरेसम्म देश समृद्धिमा जान नसक्ने बताएका थिए । उनीहरुलाई अनिवार्यरुमा बालश्रमबाट मुक्त गराउनुपर्ने र शिक्षाको ग्यारेन्टी गरिनुपर्ने बताए । सहभागीहरुले बालबालिकाको हक, अधिकारलाई कोहि कसैले बेवास्ता गर्न नहुनेसमेत बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले बालबालिकाको अधिकारलाई कोही कसैले हस्क्षेप गर्न नहुने बताए । जबसम्म कुनैपनि क्षेत्र सिस्टममा जान सक्दैन तबसम्म सो क्षेत्रको विकास हुन सक्दैन भन्दै उनले बाल सम्वद्र्धनमा सबैले सकारात्मक भूमिका निभाउन आवश्यक भएको बताए ।
उनले वर्तमान समयमा सरकारलाई आलोचनात्मक कुराले घेराबन्दी गरिरहेको बताए । विकासका कार्यमा स–साना त्रृटी हुनु स्वभाविक भएको भन्दै उनले सबैले सकारात्मक सोच लिनु आवश्यक रहेको बताए । संघीय सरकारद्वारा वडाहरुको लागि १८ करोड बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले बालबालिका, महिला, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न सकिने बताए ।
नगरप्रमुख घनश्याम पाण्डेले वडा नं. ६ जिल्लामै पहिलो बालश्रममुक्त वडाको रुपमा घोषणा हुनु निकै गौरवको कुरा भएको बताए । उनले देशमै पहिलो बालमैत्री नगरका रुपमा तुलसीपुरलाई घोषित गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । कोहि नहुने बालबालिकाका लागि सरकार नै अभिभावक रहेको भन्दै सडक र श्रममा भएका बालबालिकाको उद्धारमा सबै जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका संविधान सभा सदस्य अनारकली मियाँ, उपप्रमुख माया आचार्य, युनिसेफ प्रतिनिधि माधव वराल, बरिष्ठ अधिवत्ता प्रदिप धिताल, बालअधिकारकर्मी निर्मल नेपाली, शुस्मा गिरी, विकिरण गौतमलगायतले बालबालिकाको हक, अधिकारका विषयमा संविधानले उल्लेख गरेका ऐन तथा नीतिहरुलाई अनिवार्य रुपमा परिपालना गर्नुपर्ने बताएका छन् । कार्यक्रमको सहजीकरण वडा सदस्य दुजमान भण्डारीले गरेका थिए ।

टुडेकर्मी भण्डारी पुरस्कृत

यसैबीच बालश्रममुक्त अभियानलाई सफल बनाउन आमसञ्चारको माध्यमबाट कलम चलाउने प्रदेश टुडेकर्मी उमा भण्डारी नगदसहित सम्मानित एवं पुरस्कृत भएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले भण्डारीलाई नगद चार हजारसहित सम्मानपत्र सम्मान गरेको हो । उनलाई बालश्रममुक्त वडा घोषणाको अवसरमा शनिबार आयोजित कार्यक्रममा सम्मान एवं पुरस्कृत गरिएको हो ।
शनिबार बालश्रममुक्त घोषणा कार्यक्रममा भण्डारीसँगै रेडियो प्रकृतिमा कार्यरत पत्रकार लक्ष्मण विश्वकर्मा पनि सम्मानित भएका छन् । उनी पनि नगद चार हजारसहित पुरस्कृत एवं सम्मानित भएका हन् । त्यस्तै रेडियो हाम्रो पहुँच एफएमका प्रेमविवश घर्तीलाई पनि सम्मानित गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here