Tuesday, April 23, 2024
Homeफिचरतीन स्थानमा रबरबोट

तीन स्थानमा रबरबोट

- Advertisement -spot_img

घोराही, १७ असार ।
मनसुन सक्रिय भएसँगै दाङका तीन स्थानमा तत्काल उद्धारका लागि रबरबोटसहितको जनशक्ति तयारीमा राखिएको छ । बाढीबाट हुनसक्ने जोखिमबाट मानवीय क्षति हुन नदिन तत्काल उद्धारका लागि जिल्लाका तीन स्थानमा रबरबोटसहितको जनशक्ति तयारीमा राखिएको हो ।
दाङलगायत देशभर मनसुन शुरु भएकाले खोला तथा नदीमा बाढी आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । खोला तथा नदीमा पानीको बहाव बढ्दै बाढी आउन सक्ने भएकाले मानवीय क्षति हुन नदिन दाङका तीन स्थानमा रबरबोट (रबरको डुङ्गा) सहित दक्ष जनशक्ति पूर्व तयारीमा राखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए ।
उनले दाङमा बाढीबाट प्रभावित हुनसक्ने ३५ स्थान जोखिमयुक्त क्षेत्र रहेको बताए । दाङमा दश स्थानीय तहमा रहेका एक सय वडामा बिगतको घटनालाई आँकलन गर्दै ३५ वटा क्षेत्रलाई बाढीको जोखिमयुक्त क्षेत्र घोषणा गरिएको हो । ३५ वटा जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने अनुमानित एक हजार घरधुरी प्रभावित हुने उनले बताए ।
तर अनुमानित एक हजार घरधुरी प्रभावित हुने देखिएपनि ५ सय घरधुरीलाई पुग्ने त्रिपाल लगायत अन्य खोज उद्धारका सामाग्री तयार पारिएको छ उनले भने । बाढी आउन सक्ने जिल्लाका ३५ जोखिमयुक्त स्थानमध्ये तीन स्थान बढी जोखिममा रहेको उनले बताए ।
बाढीबाट बढी जोखिममा रहेका तीन स्थानहरुमा राप्ती गाउँपालिकाको भालुवाङको राप्ती नदीको तटीय क्षेत्र, घोराही र तुलसीपुर उपमहानगरपालिका–१३ शितलपुरमा रबरबोटसहित बाढीपीडितको उद्धारका लागि दक्ष जनशक्ति र आवश्यक खाद्यान्न साम्रागी तयारी अवस्थामा राखिएको उनले बताए । बितेको वर्षमा दाङमा बाढीबाट पाँचजनाले ज्यान गुमाएका थिए । यसवर्ष मानवीय क्षति हुन नदिने भन्दै जिल्लामा पूर्व तयारी थालिएको अधिकृत दाहालले बताए ।
यसैबिच २०७१ सालका बाढी प्रभावित नागरिकको अझै पनि पुनस्र्थापना हुन सकेको छैन् । बाढीबाट प्रभावित भएको चार वर्ष बितिसक्दासमेत बाढी प्रभावित नागरिकको पुनस्र्थापना हुन नसकेको अधिकृत दाहालले बताए । बाढी प्रभावित नागरिकको पुनस्र्थापनाको लागि सरकारले बाढी पुनर्निर्माण आयोजना गठन गरेर औपचारिकता मात्र पूरा गरेको छ ।
उनका अनुसार तत्काल घर मर्मतको लागि केही सहयोग गरेपनि बाढी प्रभावित पर्याप्त रकम पाउन नसक्दा उनीहरुको पुनस्र्थापना हुन सकेको छैन् । उनले भने ‘बितेको वर्षमा बाढी आएको ठाउँमा सचेत रहनुहोला भनेका छौँ, त्यो बाहेक त्यस ठाउँका नागरिकलाई अझैपनि पुनस्र्थापना गर्न सकिने अवस्था छैन् ।
पहिरोको जोखिम
दाङका दश स्थानीय तहमध्ये बंगलाचुली गाउँपालिका सबैभन्दा धेरै उच्च जोखिममा रहेको छ । शान्तिनगर गाउँपालिकाका केही वडा, तुलसीपुर उप–महानगरपालिकाका केही वडा र बबई गाउँपालिकाको केही ठाउँहरु पहिरोको उच्च जोखिममा रहेका छन् । बाढीबाट उच्च जोखिममा रहेका स्थानिय तहले पनि पूर्व तयारी बनाएका छन् ।
यसैबीच शनिबारदेखि सक्रिय भएको मनसुन दाङका माथिल्लो तटिय क्षेत्रमा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम कार्यालय घोराहीका प्रमुख राजकुमार मिश्रले जानकारी दिए । मिश्रले भने ‘जिल्लाका मुख्य नदी राप्ती र बबईमा पानीको बहाव खतराको सूचकभन्दा माथि आउने सम्भावना भएकोले नदी आसपास र पहिरोको उच्च जोखिम क्षेत्रका नागरिकलाई सचेत रहन भनिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here