Sunday, April 21, 2024
Homeफिचरडिभाइनका विद्यार्थीले मनाए गुरुपूर्णिमा

डिभाइनका विद्यार्थीले मनाए गुरुपूर्णिमा

- Advertisement -spot_img

तुलसीपुर, ३१ असार । दाङको तुलसीपुरमा रहेको डिभाईन टेम्पल एकेडमीका विद्यार्थीहरुले विविध कार्यक्रम गरेर गुरुपूर्णिमा मनाएका छन् । कक्षा ८, ९ र १० का विद्यार्थीहरुको संयुक्त आयोजनामा मंगलबार गुरुपूर्णिमा मनाइएको हो ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र बसन्त भट्टराईको अध्यक्षता तथा विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानको प्रमुख आतिथ्यता एवं भाइस प्रिन्सिपल हिमाल कंडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
एकेडेमिक कोअर्डिनेटर कुलानन्द अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले हाजिरीजवाफ प्रतियोगिता, कला र साँस्कृतिक प्रदर्शनीलगायत नृत्य, गीत, कविता बाचन कार्यक्रम गरेका थिए ।
हाजिरीजवाफ प्रतियोगितामा शिक्षक डम्बर डाँगीको समूह प्रथम भएका छन् भने साँस्कृतिक प्रदर्शनीमा पुरुष शिक्षकतर्फ हिमाल कडेल प्रथम र महिला शिक्षकतर्फ सीमा मोहरा प्रथम भएका छन् ।
कार्यक्रममा विद्यार्थीहरुले आफ्ना गुरु र शिक्षकहरुलाई उपहार एवं प्रतियोगितामा प्रथम हुनेहरुलाई पुरस्कारसमेत प्रदान गरेका छन् । कार्यक्रममा सहभागीले विद्यार्थीलाई असल संस्कार सिकाउन सकेमात्रै असल समाजको विकास हुने बताएका थिए । उनीहरुले सकारात्मक बाटोमा हिड्न सिकाउन गुरुको सम्मानमा गर्नु नै असल संस्कारको विकास हुने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here