Saturday, April 27, 2024
Homeफिचरठडिएला त चौकमा वीरेन्द्रको सालिक ?

ठडिएला त चौकमा वीरेन्द्रको सालिक ?

- Advertisement -spot_img

दाङ, २१ बैशाख ।
तुलसीपुरको वीरेन्द्र चौकमा पुनः स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा बहस सुरु भएको छ । सामाजिक सञ्जालबाट सुरु भएको बहस अहिले जनप्रतिनिधिसम्म पुगेको छ ।
दाङको तुलसीपुरमा रहेको वीरेन्द्र चौकमा पुनः वीरेन्द्रको सालिक राख्ने भन्ने कुराले सबै ठाउँ चर्चा पाएको छ । ‘खोला बाह्र बर्षपछि पुनः पुरानै धारमा फर्कन्छ’ भन्ने उखान जस्तै राजनीतिक परिवर्तनको नाममा ढालियो राजा वीरेन्द्रको सालिक बाह्र बर्षपछि पुनः पहिलेकै स्थानमा राख्नुपर्छ भन्ने आवाज उठेको हो । जनआन्दोलन ०६२÷६३ मा आन्दोलनकारीहरुले तुलसीपुर बजारको मुख्य भागमा रहेको पूर्वराजा वीरेन्द्रको सालिक तोडफोड गरेर ढालेका थिए । अहिले पनि उक्त स्थान वीरेन्द्र चौकको नामले नै चिनिने गरेको छ । आन्दोलनको क्रममा फालिएको राजा वीरेन्द्रको शालिक अहिले मूर्ति विना खाली स्ट्याण्डले ठडिएको मात्र छ ।

जुन स्थानबाट दैनिक हजारांै नागरिकले ओहोरदोहोर गर्ने गर्दछन् अहिले पनि आम नागरिकले उक्त स्थानलाई वीरेन्द्र चौककै नामबाट चिन्ने गर्छन् । नेपालमा ०६२÷०६३ को जनआन्दोलनपछि देशभर विभिन्न स्थानमा रहेका राजाका सालिकहरु आन्दोलकारीको निशाना बनेका थिए । थुप्रै स्थानमा तोडफोड भए तर पुनः ति सालिकहरु ठडिन सकेनन्, मूर्ति फालेको बाह्र बर्षपछि आएर तुलसीपुरमा राजा वीरेन्द्रको सालिक पुनःस्थापना गरिनुपर्छ भनेर स्वयम् नगरबासीहरुले आवाज उठाउन थालेपछि अहिले यहाँ फरक अवस्था देखिएको छ ।
यसको एउटा उदाहरण हुन तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य सुरेश श्रेष्ठ । उनले आफ्नो फेसबुक वालमा राखेको एउटा विचारले अहिले यो विषयमा तरङ ल्याएको छ । २०७२ सालमा लेखेको स्टाटसले अहिले स्थानीय तहमा जनप्रतिनिधिहरु आइ सकेपछि चर्चा लिएको हो । उनले आफ्नो फेसबुक स्टाटस् यसरी लेखेका छन् ।


फेसबुकको टिप्पणीः–

कसले के टिप्पणी गरे ?

गोविन्द आभाष शर्माः अब वीरेन्द्र चौकमा वीरेन्द्र राजाको सालिक राखेर इतिहासलाई जोगाउने काम गरौँ ।
राजेन्द्र बहादुर बस्नेतः यो आस्थाको विषय हैन, कला र इतिहासको विषय हो । इतिहास र कलाको मर्म बुझेको मानिसले सही निर्णय गर्न सक्छ यस्तो विषयमा ।
बुद्धिरामः अहिलेको परिवर्तित राजनीतिक सन्दर्भमा औचित्यहीन भनिएका सन्दर्भ सामाग्री पुराताङ्खिवक दृष्टिकोणले महङ्खवपूर्ण हुन सक्छन् । संरक्षण गरौँ भावी सन्ततिले यही सामाग्री उत्खनन् र अनुसन्धानमा समय र लगानी बर्बाद गर्नु नपरोस् ।
कासीराम डाँगीः यो त अति भो आफ्ना पू्र्खा र मातापिताको सम्मान गर्न नजान्ने नचाहने र नसक्नेसँग नसकिने भो ।
हिमाल कँडेलः यो सालिकलाई आजै पुनःस्थापना गर्नुपर्छ ।


दाङको वीरेन्द्र चौकमा रहेको स्वर्गीय राजा वीरेन्द्र सालिक परिवर्तनका नाममा फोडिएको सालिक अञ्चल अस्पतालको परिसरमा गाडिएको अवस्थामा, परिवर्तन खोज्ने ले अब केही सोच्ने हो कि ? उनको यो विचारमा एकाएक प्रतिक्रिया गर्ने र ठीक हो भन्दै श्रेष्ठको विचारलाई आफ्नो फेसबुक वालमा शेयर गर्नेको संख्या यसरी बढ्यो की स्वयं श्रेष्ठ नै आफै अचम्मित भएको प्रतिक्रिया दिए । उनको फेसबुक वालमा अधिकांश व्यक्तिहरुले तत्काल स्वर्गीय राजा वीरेन्द्रको सालिक पुनःस्थापना गर्नुपनै भन्दै एउटा ईतिहासलाई कसैलै पनि मेट्न नहुने बताएका छन् ।

राजा वीरेन्द्रको सालिक स्थापना हुन लागेको हो भन्ने जिज्ञासामा तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले सालिक इतिहास भएकाले इतिहास बचाइने बताए । स्वर्र्गीय राजा वीरेन्द्र एउटा इतिहास हो, यो कसैले मेटेर मेटिदैन इतिहासको संरक्षण गर्नु आम नागरिकको दायित्व र कर्तव्य हो, त्यो कर्तव्य र दायित्व जनप्रतिनिधि भएका नाताले हामी गर्दैछौँ । उनले भने ‘इतिहास मेटाउने भए सबैको मेटाउ हैन भने वीरेन्द्रको मात्रै मेटिनुपर्ने किन ?’ उनले भने ‘के जंगबहादुरको यो देशमा इतिहास छैन र ? उनको शालिक अहिले पनि छ जसको राज्य स्वयम्ले संरक्षण गरिरहेको छ ।’

‘खोला बाह्र बर्षपछि पुनः पुरानै धारमा फर्कन्छ’ भन्ने उखान जस्तै राजनीतिक परिवर्तनको नाममा ढालियो राजा वीरेन्द्रको सालिक बाह्र वर्षपछि पुनः सालिक पहिलेकै स्थानमा राख्नुपर्छ भन्ने आवाज उठेको हो । जनआन्दोलन ०६२÷६३ मा आन्दोलनकारीहरुले तुलसीपुर बजारको मुख्य भागमा रहेको पूर्वराजा वीरेन्द्रको सालिक तोडफोड गरेर ढालेका थिए ।

इतिहासलाई मेटाउने काम कसैले कतैबाट पनि गर्न नहुने बताउँदै अध्यक्ष शाहले भने ‘विश्वको एउटा कुख्यात तानाशाह हिटलरको चर्चा अहिले पनि विश्वमा त्यत्तिकै छ ? हिटलरको सालिकहरु समेत संरक्षण गरेर राखिएको छ’ भने यो देशमा राजा वीरेन्द्रले त्यस्तो के अपराध गरेका थिए र उनको सालिकलाई हटाउनु पर्ने ? उनले भने कुनैपनि इतिहास मेटाएर कहिल्यै मेटिदैन, इतिहासको संरक्षण गर्नु सबैको दायित्व हो । त्यही दायित्वलाई आफूले पूरा गर्न खोजेको हुँ ।

स्वर्गीय राजा वीरेन्द्रको सालिक स्थापना गर्ने भन्ने विषयमा तुलसीपुरका नागरिक तथा विभिन्न सरोकार निकायहरुसँग समेत छलफल भैरहेको उनले बताए । ९५ प्रतिशतभन्दा बढी नागरिक तथा सरोकारवाला निकायहरुले इतिहास मेटाउन नहुने भन्दै तत्काल वीरेन्द्रको सालिक स्थापना गर्नुपर्ने सुझाव दिएको वडा अध्यक्ष शाहले बताए ।
यतिसम्मकी नगरबासीले वडा कार्यालयमा बजेट नभए आर्थिक रकम सहयोग गर्न समेत आफूहरु तयार भएको बताएका छन् । यो निर्णयको सबै दलका व्यक्ति नगरबासी सबैले सकारात्मक भन्दै स्वागतसमेत गरेका छन् । बरु सालिक अर्धकदको राख्ने कि पूर्णकदको राख्ने भन्ने त्यो बिषयमा केही छलफल हुन बाँकी रहेपनि अब यो निर्णयबाट आफूहरु भनेपछि नहट्ने उनले बताए । उनले भने ‘मेयरसापले राजा वीरेन्द्रको सालिक राख्दै हुनुहुन्छ भन्ने कुरा आएको छ केहो भनेर मसँग बुझ्नु भएको थियो त्यसपछि मैले हो राख्ने तयारी हुँदैछ’ भनेर जानकारी गराएको छु । यसअघि स्वयं मेयरसापले कार्यपालिका बैठकमा मदन आश्रित चोक राख्ने निर्णय भैरहदा यो पहिले गरेको निर्णय हो पहिले गरेको निर्णयबाट पछि हट्न मिल्दैन भन्नुभाको थियो । त्यसैले राख्ने की नराख्ने भन्ने कुरा अब कसैलाई सोधिरहन जरुरी होला जस्तो मलाई लाग्दैन उनले भने किनकी राजा वीरेन्द्रको सालिक पनि पहिल्यै राख्ने निर्णय भइसकेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here