Monday, April 22, 2024
Homeसम्पादकीयटालटुले विकास

टालटुले विकास

- Advertisement -spot_img

विकास निर्माणको काम गुणस्तरीय हुनुपर्छ । गुणस्तरीय कामले मात्रै विकास टिकाउ र दीर्घकालिन बन्नसक्छ । सबैलाई चाहिने विकास दियो विकास र टिकाउ हुने विकास नै हो । अहिले हुने र भइरहेको विकासमा विभिन्न कमजोरीहरु देखिरहेका छन् ।
त्यो कमजोरीका कारण अधिकांश विकासका कामहरु गुणस्तरहीन भएको आँकलन पनि हँुदै आएको छ । गुणस्तरिहीन कामले काम गर्ने लगानी गर्ने र उपभोग गर्ने सबैलाई सास्ती दिने पक्का छन् ।
तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रका सडकहरुको मर्मतका लागि आर्थिक वर्ष ०७५/७६ मा एक करोड ५८ लाख रुपैयाँ विनियोजन ग¥यो । तर त्यो रकम बराबरको काम साउन आधा कट्दा पनि पूरा भएको छैन ।
गरिएको काम पनि केही स्थानको बाहेक अधिकांश क्षेत्रको टालटुलमै टुङ्ग्याइएको छ । यो अवस्थाले र चरणले पनि विकास टालटुल र गुणस्तरहीनता बढिरहेको पाइनु स्वभाविक हो । यसलाई स्थानीय सरकारले रोक्न सकेमा मात्रै विकासमा सुधार हुनेछ ।
स्थानीयस्तरबाट हुने योजनाहरुका लागि तयार गरिने विकास निर्माण उपभोक्ता समितिमा बढी राजनीति हुने गर्दा विकासका थुप्रै समस्या देखिन्छन् ।
नेतृत्वमा बस्नेहरुले आफ्नो पार्टी, राजनीतिक दल र कार्यकर्ताहरुलाई उपभोक्ता समितिको अध्यक्ष बनाउने अर्थात् उपभोक्ता समितिमा बनाउने र कमाउने माध्यम सिर्जना गर्ने गरेका धेरै उदाहरणहरु छन् ।
तुलसीपुर उपमहानगरपालिका र सडक बोर्डको लगानीमा सडक निर्माण तथा मर्मत योजनामा पनि राजनीतिक पदमा रहेका आफू अनुकूलको व्यक्ति खोज्ने परिपाटी देखिएको छ । यो राम्रो कार्य हैन ।
तिनै उपभोक्ता समितिमार्फत मर्मत हुन लागेका तुलसीपुरका विभिन्न सडकहरुमा सडकहरु टालटुल मात्रै गरेको सार्वजनिक भएको छ । स्टिमेट अनुसार काम गर्ने हो तर स्टिमेट पन्छाउँदै जाने र एकातिर काम गर्ने अर्काेतिर नगर्ने, काम गर्नु राम्रो हैन ।
गुणस्तरतामा ध्यान नदिने अवस्था कहि कतैबाट आउन दिनुहँुदैन । योजना निर्माणमा नियमन गर्ने निकाय र स्थानीय सरकारले चासो दिनुपर्छ ।
जीर्ण र कमजोर भएका सडक मर्मत मात्रै गरे पनि केही समय टिक्न सक्छन् । तर मर्मत राम्रो र वैज्ञानिक हुन जरुरी छ । त्यो अवस्था तुलसीपुरमा भएको मर्मत तथा टालटुलमा देखिएन । मर्मत गरिएको छ। गरि राखिएको छ ।
तर प्रभावकारी देखिएको छैन । अहिलेकै मर्मत हेर्दा विकासभन्दा पनि नागरिकका आँखामा छारो हाल्नेजस्तो मात्रै देखिन्छ । यस्तो विकासभन्दा बरु थोरै गर्ने तर टिकाउ गुणस्तरीय र उपयोगी बनाउनेतर्फ सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here