Friday, April 26, 2024
Homeमुख्य खबरजेसीज हाफ म्याराथुन

जेसीज हाफ म्याराथुन

- Advertisement -spot_img

घोराही, १७ मंसिर । त्रिभुवन नगर जेसीजले आयोजना गरेको हाफ म्याराथुनमा काठमाडौँका रमेर मगरती प्रथम भएका छन् । धावकका रुपमा जर्सी नम्बर ५ लगाएका मगरती प्रथम भएका हुन् । मुगरतीले एक घण्टा १० मिनेट ४५ सेकेण्डमा २१ किलोमिटर पार गरेका थिए ।
प्रथम भएका मुगरतीले २५ हजार नगद, प्रमाणपत्र, शिल्ड प्राप्त गरेका छन् । यस्तै द्वितीय जर्सी नम्बर १० काठमाडौँका सुवास कार्की भएका छन् । उनले एक घण्टा १३ मिनेट ४५ सेकेण्ड दुरी पार गरेका थिए । उनले नगद २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी तृतीय जर्सी नम्बर १२ काठमाडौँका ओमप्रकाश जोशी भएका थिए । उनले एक घण्टा १५ मिनेट ६ सेकेण्डमा पार गरेका थिए । उनले ५ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । यस्तै महिलातर्फ जर्सी नम्बर ७० प्रहरी बोर्डिङकी शर्मिला घर्ती प्रथम भइन् । एक घण्टा ४२ मिनेट २६ सेकेण्डमा दूरी पार गरेकी हुन् । उनले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै जर्सी नम्बर ३३ की विपना केसी द्वितीय भइन् । स्यालुट गोर्खाकी एक घण्टा ४३ मिनेट १३ सेकेण्डमा पार गरेकी थिइन । उनले २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै तृतीय हुने जर्सी नम्बर ६४ की लोट्स ट्रेनिङका देविका वली एक घण्टा ४५ मिनेट १२ सेकेण्डमा पार गरेकी थिइन । उनले ५ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेकी थिइन् । यस्तै बालकतर्फ प्रथम सुनित चौधरी, सनम वली द्वितीय, क्षितिज चौधरी तृतीय भएका थिए । त्यसैगरी बालिकातर्फ अरुणिमा घर्ती मगर प्रथम, एलिना बुढा द्वितीय, मञ्जिता अर्याल तृतीय भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here