Monday, April 22, 2024
Homeप्रदेशजीप दुर्घटनामा १४ को मृत्यु

जीप दुर्घटनामा १४ को मृत्यु

- Advertisement -spot_img

दाङ, १८ मंसिर । बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट कुलपूजाको लागि बाग्लुङको देवीस्थान जाँदैै गरेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा जीप चालक गुल्मीको ईश्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा–४ का ४० वर्षीया सीता कार्की, उनकी २ वर्षकी छोरी अनुषा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन् ।
यस्तै, गुल्मीको ईश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका–१ का ६० वर्षीय मुमा कार्की, बाग्लुङ बडिगाड गाउँपालिका–७ का ५५ वर्षीया नरमाया खत्री र कञ्चनपुरका ५५ वर्षका धनबहादुर कार्कीको पनि दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा नवलपरासी बर्दघाट नगरपालिका–२ बस्ने २१ वर्षीय जीवन कार्की, गुल्मी ईश्मा गाउँपालिका–४ बस्ने मृतक सूचना कार्कीका ४ वर्षीय छोरा हिमाल कार्की र २४ वर्षीया निमा केसी रहेका छन् ।
नाबालक हिमाल र निमाको अवस्था गम्भीर छ । घाइते तीनैजनालाई ढोरपाटनस्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपश्चात् हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडाँै पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए ।
‘हामीले यताबाट पनि पहल ग¥यौँ, गुल्मीबाट पनि ठूलो दुर्घटना भएकाले पहल भयो’, प्रजिअ क्षत्रीले भने ‘गुल्मीका सांसद तथा पूर्वमन्त्री गोकर्ण विष्ट स्वयम् आएर घाइतेलाई काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ ।’
गुल्मीको ईश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट कुलपूजाका लागि बाग्लुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने बाग्लुङको बडीगाड गाउँपालिका–७ मा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here