Friday, April 26, 2024
Homeमुख्य खबरजयशेर मावि कम्दामा महायज्ञ

जयशेर मावि कम्दामा महायज्ञ

- Advertisement -spot_img

घोराही, २२ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ कम्दामा रहेको जयशेर माविमा श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । विद्यालयमा प्राविधिक तथा उच्च शिक्षा सञ्चालनका लागि आजदेखि महायज्ञ सञ्चालन हुने भएको हो ।
विद्यालय ब्यवस्थापन समितिको आयोजनामा हुने महायज्ञमा दुई करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर बुढाथोकीले जानकारी दिए । भौतिक पूर्वाधार नहुँदा प्राविधिक तथा उच्च शिक्षा सञ्चालन गर्न नसकिएको भन्दै महायज्ञ गर्नुपरेको प्रधानाध्यापक बुढाथोकीले जानकारी दिए । महायज्ञ मुल आयोजक समितिले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी महायज्ञलाई सफल बनाउन सबैमा अनुरोध गरेको छ । महायज्ञ मुल आयोजक समितिका संयोजक महावीर वलीको अध्यक्षता तथा महायज्ञका निर्देशक प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here