Monday, April 22, 2024
Homeमुख्य खबरजनै पूर्णिमामा बोर्डिङ बिदा

जनै पूर्णिमामा बोर्डिङ बिदा

- Advertisement -spot_img

दाङ, ९ भदौ । जिल्लाका संस्थागत विद्यालयहरुले स्थानीय बिदामा मिलान गर्ने गरी आइतबार बिदा गरिएको छ । प्याब्सन र एनप्याब्सनले संयुक्तरुपमा विज्ञप्ति प्रकाशित गरी जनै पूर्णिमाका दिन बिदा गरेको जनाएका हुन् ।
प्याब्सनका जिल्ला अध्यक्ष यादव गिरी एनप्याब्सनका अध्यक्ष भिमबहादुर बुढाथोकीले एक संयुक्त विज्ञप्ति जारी गरी जनै पूर्णिमाका दिन बिदा गर्ने जानकारी दिएका हुन । सरकारले विभिन्न पर्वको बिदा कटौति गर्दै जनै पूर्णिमाको विदा पनि कटौती गरेको थियो । बिगतका बर्षहरुमा बिदा हुँदै आएको भन्दै निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख गगरिएको छ । यता जिल्ला शिक्षा इकाई समन्वय कार्यालय दाङका प्रमुख सूर्यप्रसाद घिमिरेले जिल्लाका सामुदायिक विद्यालयहरुमा बिदा नभएको बताएका छन् । विद्यालय प्रशासनले स्थानीय बिदामा मिलान गर्ने गरी जनै पूर्णिमाका दिनमा बिदा गर्नसक्ने जानकारी दिए । सरकारले सामुदायिक विद्यालयलाई बार्षिक रुपमा १५ दिनका लागि स्थानीय बिदा पाउने भन्दै संघीय सरकारको बिदा दिन नमिल्ने क्षेत्रले स्थानीय बिदा मिलान गर्न सक्ने शिक्षा इकाई समन्वय कार्यालय दाङले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here