Monday, April 22, 2024
Homeसम्पादकीयजनप्रतिनिधिका विवाद

जनप्रतिनिधिका विवाद

- Advertisement -spot_img

नयाँ संरचना निर्माणसँगै झण्डै २० वर्षपछि गत वर्ष सबै तहहरुका स्थानीय सरकार रूपमा आएका जनप्रतिनिधिहरुमा विवाद चुलिदै गएको छ । अधिकार र अस्तित्वको विषयलाई लिएर जनप्रतिनिधिहरुमा विवाद बढी देखिनुले सुखद संकेत जनाउँदैन ।
जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुखहरुबीचको विवाद त यस अघि सतहमा छताछुल्ल देखिरहेकै हो । पछिल्लो समय पालिकाका प्रमुख र वडा अध्यक्ष, वडा सदस्यबीचको विवाद चुलिएको समाचारहरु सार्वजनिक भएपछि वडा अध्यक्ष र प्रमुखहरुको विवाद प्रष्टै रुपमा देखिएको छ ।
अहिले घोराही उपमहानगरपालिका जनप्रतिनिधिका बढी विवाद देखिएको छ । नगरमा गठन भएका विभिन्न समितिमा समावेशीरुपमा जिम्मेवारी नभएको वडा अध्यक्षहरुले गुनासो गरेका छन् ।
उपहानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु जिम्मेवारी बाँडफाँटमा समावेशीता नअपनाइएको र वडा अध्यक्षहरुलाई वाइपास गरेको भन्दै सार्वजनिकरुपमा वडा अध्यक्षहरुको गुनासो आउनुले जनप्रतिनिधिको विवाद प्रष्ट देखिन्छ ।
पालिका प्रमुखहरुले वडा अध्यक्ष, सदस्यलगायतका जनप्रतिनिधिलाई समान व्यवहार गर्नु सक्नुपर्छ । सबैलाई एक बनाउन सकेमा र गुनासोहरु सम्बोधन गर्न सकेमा मात्रै स्थानीय तहका विकास र समृद्धि आउने हो ।
विवाद झगडा, राजनीति जनप्रतिनिधिबाट हुन थाले पनि त्यसले राम्रो गर्दैन । केही समय अघि तुलसीपुरका उपमहानगरपालिकाका जनप्रतिनिधिहरु बीचको विवाद सार्वजनिक भएको थियो ।
तुलसीपुर नगरका १० वटा वडा अध्यक्षले पत्रकार सम्मेलन नै गरेर नगर प्रमुखको गतिविधिको विरोध गर्दै एकलौटी नगर्न र वाइवास नगर्न चेतावनी समेत दिएका थिए ।
त्यहि प्रकृतिको गुनासो अहिले घोराही उपमहानगरपालिकाका आएको छ । उपमहानगरका केही वडा अध्यक्षहरुले यही गुनासो देखाएका छन् ।
राजनीतिक आस्था र नजिकताका कारणले वडा अध्यक्षहरुलाई वाइपास गरिएको भन्दै त्यो सुधार गर्नुपर्ने सार्वजनिक रुपमा माग गर्नु राम्रो हैन । स्थानीय तहमा देखिने यस्ता गतिविधिहरु तत्काल सुधार गरेर सबै जनप्रतिनिधिहरुलाई मिलाउन र समान अधिकार दिन नगरप्रमुखले कञ्जुसाई गर्नु हुँदैन ।
स्थानीयतह सबैले अपनत्व ग्रहण गर्ने सक्के खालको हुनुपर्छ । कुनै पनि जनप्रतिनिधिले स्थानीय सरकारलाई र कार्यालयलाई पार्टीको कार्यालय बनाउनु हँुदैन ।
पार्टी कार्यालय बनाउने र कार्यालयभित्र आफ्नो पार्टीका कार्यकर्ता छुट्याउने कार्य जनप्रतिनिधिबाट हुनु उनीहरुकै लागि घातक हुनसक्छ । तहका जनप्रतिनिधि सबैलाई जनताले चुनेका हुन् ।
आ–आफनो हैसियत र अधिकारमा रहुनुपर्छ । नगरप्रमुखले वडा अध्यक्षलाई वाइपास गर्ने र वडा अध्यक्षले सदस्यलाई वाइपास गर्नु लोकतन्त्रको सस्थागत विकासका प्रतिकूल हुन सकून र जनप्रतिनिधिको विवाद सामान्य हैन जटिल बन्दै जान्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here