Saturday, April 27, 2024
Homeमुख्य खबरचेम्बरको छात्रवृत्ति दिने

चेम्बरको छात्रवृत्ति दिने

- Advertisement -spot_img

घोराही, २१ साउन । व्यावसायिक संस्था चेम्बर अफ कमर्शले जेहेन्दारसँगै विपन्न विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने योजना अघि सारेको छ । व्यावसायिक अधिकारको वकालतसँगै सामाजिक सेवातर्फ शैक्षिक योजनालाई अघि सारेको चेम्बरले जनाएको छ ।
दाङ चेम्बर अफ कमर्शले सोमबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि प्रत्येक प्रदेशबाट एक÷एकजना छात्रालाई पूर्ण छात्रवृत्तिमा व्याचलर अफ बिजनेश म्यानेजमेन्ट इलेक्ट्रोनि विजनेशको पढाउने जानकारी दिएको हो ।
दाङ चेम्बर अफ कमर्शका अध्यक्ष श्रीधर महराको अध्यक्षतामा भएको कार्यक्रममा चेम्बरका केन्द्रीय सदस्य पंकज जलानले तीन बर्षे उक्त पढाइका लागि चेम्बरले सामाजिक सेवाअन्तर्गत शिक्षालाई प्राथमिकता दिएको बताए ।
चेम्बरका प्रत्येक जिल्लाले तीनजना कक्षा १२ पास गरेका गरिब, जेहेन्दार छात्राको नाम प्रदेशमा सिफारिस गर्नुपर्ने छ । छात्राहरुको शिक्षालाई प्रोत्साहन गर्नका लागि चेम्बरले उक्त कार्यक्रम ल्याएको केन्द्रीय सदस्य जलानले जानकारी दिए ।
सातजनालाई पूर्ण छात्रवृत्तिमा पढाउने, १४ जनालाई ट्यूशनमा पूर्ण निःशुल्क र २८ जनालाई ट्यूशन पढाइ शुल्कमा ५० प्रतिशत निःशुल्क गर्ने गरी लर्ड बुद्ध एजुकेशन फाउण्डेशनसँग सम्झौता भएको समेत उनले जानकारी दिए ।
सम्झौता अनुसार ४९ जना विद्यार्थीहरुले एक करोड ८५ लाख ३६ हजार रुपैयाँ बराबरको छात्रबृत्ति पाउने छन् । चेम्बरका उपाध्यक्ष घनश्याम अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव टिकादत्त खनालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here