Thursday, April 25, 2024
Homeमुख्य खबरचालकलाई अनुशासित बनाउँदै प्रहरी

चालकलाई अनुशासित बनाउँदै प्रहरी

- Advertisement -spot_img

घोराही, ३ चैत । दाङमा ट्राफिक नियमलाई कडाईका साथ कार्यान्वयन गर्न प्रहरी लागेको छ । शुक्रबार घोराहीको ट्राफिक चोकलगायत विभिन्न स्थानमा सवारी जाँचको क्रममा ४० बढी सवारी चालकलाई कारबाही गरिएको छ । ग्याँसको सिलिण्डर, दूध राखिएका ड्रमहरु बोक्ने मोटरसाईकल, गाडीको कालो सिसा, पोशाकबिना चलेका अटोरिक्सा, ओभरलोड सामान बोक्ने टिप्पर, साईड बत्ती एवं लुकिङ ग्लास नभएका सवारी चालकलाई कारबाही गरिएको छ ।
धेरै पटक सम्झाउँदा पनि अटेर गरेका कारण कारबाही गर्न सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक मदनबहादुर कुँवरले बताए । साथै शनिबारको दिन सरकारी गाडीमाथि दाङमा ट्राफिक प्रहरीले निगरानी बढाएको छ । केही हप्तादेखि शनिबारको दिन अनुमति नलिएर चलेका सरकारी सवारी साधनलाई कारबाही गर्न सुरु गरिएको हो ।
साथै ट्राफिक नियमको पूर्ण पालना गर्ने यातायात समितिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्लामा रहेका हरेक यातायात समितिहरुले ट्राफिक नियमको पूर्णरुपमा पालना गर्ने प्रतिवद्धतासहितको पत्र ट्राफिक प्रहरीलाई बुझाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here