Monday, April 22, 2024
Homeफिचरचाडपर्व केन्द्रित सुपथ पसल

चाडपर्व केन्द्रित सुपथ पसल

- Advertisement -spot_img

दाङ, १ असोज । दाङमा सस्तो पसल सञ्चालनमा आएका छन् । सरकारीस्तरबाट सञ्चालन भएका सस्तो पसलमा दैनिक उपभोग्य बस्तुहरु पाइने छन् । चाडपर्वलाई लक्षित गर्दै जिल्लामा सस्तो पसल सञ्चालनमा आएका छन्
। मुख्य चाडपर्वका रुपमा मनाईने दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै सञ्चालन भएका पसलहरुबाट नुन, चिनी र चामल सहुलियत मुल्यमा बिक्री वितरण गरिने भएको छ ।
चाडपर्वको समयमा उपभोग्य वस्तुमा भएको मुल्यवृद्धिलाई मध्यनजर गर्दै सरकारको स्वामित्वमा सञ्चालित रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् सस्तो पसलहरु सञ्चालनमा आएका हुन् । जिल्लाको तुलसीपुर र घोराहीमा यस्ता पसलहरु सञ्चालन भएका हुन् ।
तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले भदौ २७ गतेदखि सहुलियत मुल्यमा चामल बिक्री वितरण गर्दै आएको छ । कम्पनीका तुलसीपुर कार्यालय प्रमुख माधव मिश्रले अहिले ६ सय क्विन्टल चामल बिक्री वितरण भईरहेको छ ।
सरकारले निर्देशन गरे अनुसार अहिले प्रतिबोरा ५ सय रुपैयाँ छुटमा सोना मसुली र जिरा मसिनो चामल बिक्री भईरहेको प्रमुख मिश्रले जानकारी दिए । जस अनुसार प्रति क्विन्टल ५ हजार ६ सय पर्ने जिरा मसिनो चामल अहिले छुटसहित ५ हजार १ सयमा बिक्री वितरण गरिएको छ ।
यसैगरी प्रति क्विन्टल ४ हजार ७ सय पर्ने सोना मसुली चामल कम्पनीमार्फत छुटसहित ४ हजार २ सयमा बिक्री हुँदै आएको छ । उनले तुलसीपुर क्षेत्रका लागि संस्थानबाट मात्रै चामल बिक्री वितरण भईरहेकाले उपभोक्तालाई भ्रममा नपर्न आग्रहसमेत गरेका छन् । उनले गत भदौ २७ गतेदेखि सञ्चालन भएको उक्त पसल आगामी कार्तिक १७ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।
घोराहीमा रहेको साल्ट ट्रेडिङले पनि बुधबारदेखि सहुलियत मुल्यमा चिनी र नुन बिक्री गर्ने थालेको छ । साल्ट टे«ेडिङले चाडपर्वमा उपभोग्य वस्तुमा भएको मुल्यवृद्धिलाई मध्यनजर गर्दै गत वर्ष जस्तै यस वर्ष पनि सहुलियत मुल्यमा नुन र चिनी बिक्री गर्ने भएको हो । बिक्रीका लागि चिनी र नुन कार्यालयका आईपुगेपछि आज बुधबारदेखि सहुलियत मुल्यमा सामान बिक्री वितरण गरिने भएको कार्यालय प्रमुख आनन्द कुमार न्यौपानेले बताए ।
वीरगंजबाट ४ सय २० वटा चिनीका बोरा ल्याईएको जानकारी दिँदै उनले तुलसीपुरको गोदाममा नुन प्रशस्त भएकाले परिणाम एकीन नगरिएको बताए ।
उनका अनुसार प्रति केजी चिनी ७२ रुपैयाँमा बिक्री गरिने भएको छ भने नुन प्रति प्याकेट १८ रुपैयाँमा बिक्री गरिने भएको छ भने उपभोक्ताले प्रतिव्यक्ति ६ केजीसम्म नुन र चिनी लैजान पाउने भएका छन् । बुधबारदेखि पूर्णरुपमा सञ्चालन हुने सहुलियत मुल्यको पसल दशैँ, तिहार छठ पर्वसम्म सञ्चालन हुनेभएको छ ।

सहरलाई सुविधा

दाङमा सुपथ मुल्यका पसल यस वर्ष पनि सहर केन्द्रित नै भएका छन् । सुपथ मुल्यमा बिक्री वितरण गर्नका लागि सञ्चालन गरिएका सस्तो पसल सहर केन्द्रित हुँदा सहरभन्दा बाहिरका उपभोक्ताले हरेक वर्ष सस्तो पसलको नाम सुन्ने मात्र गरेका छन् ।
हुँदा खानेका लक्षित सस्तो पसल हुने खानेका लागि भएको ग्रामीणस्तरका उपभोक्ताले गुनासो गरेका छन् । घोराही र तुलसीपुरमा सञ्चालन हुने सस्तो पसलको सामान खरिद गर्नका लागि छुट मूल्यभन्दा दोब्बर बढी रकम खर्च गर्नुपर्ने बाध्यता ग्रामीणस्तरका उपभोक्तामा छ ।
दाङमा रहेको साल्ट्र ट्रेडिङको कार्यालय र तुलसीपुरमा कम्पनीले हरेक वर्ष चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेका सुपथ मुल्यको पसल सदरमुकाम केन्द्रित हुँदा सदरमुकाम बाहिरका उपभोक्ताले सस्तो पसलको अनुभूति गर्न पाइरहेका छैनन ।
गाउँ–गाउँमा सञ्चालन हुनुपर्ने सुपथ मुल्यको पसल सदरमुकाम केन्द्रित छ, गाउँका सर्वसाधारण नागरिकले सस्तो पसलबाट सामान किन्नका लागि छुट मुल्यभन्दा बढी भाडामै खर्च हुने गरेको गुनासो गर्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here