Friday, April 26, 2024
Homebreaking-newsघर–घरमा सामाजिक सुरक्षा भत्ता

घर–घरमा सामाजिक सुरक्षा भत्ता

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १९ बैशाख ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ले घर–घरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको छ । लकडाउनको समयमा सुरक्षा भत्ता लिन सास्ती खेप्नुपर्ने भन्दै वडाले घरमै पुगेर भत्ता वितरण गर्न थालेको हो ।

लकडाउनको समयमा यातायातका साधन नचल्ने हुँदा जेष्ठ नागरिक, अपाङ्गता, एकल महिलालाई बैंकसम्म पुग्न समस्या हुने भएकाले सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्न थालिएको वडा नम्बर १८ का वडा अध्यक्ष मानबहादुर वलीले बताए ।

उनले अहिले सामाजिक सुरक्षा भत्ता कतिपय बैंकहरुले दिन नमानेको र दिए पनि न्यून मात्रामा उपलब्ध गराएको भन्दै आफ्ना वडाबासीहरुलाई घरमै पुगेर भत्ता दिन थालिएको बताए ।

यसका लागि वडामा रहेका जनप्रतिनिधि, कर्मचारी र टोल विकास समितिका पदाधिकारीहरुसँग समन्वय गरिएको उनले बताए । उनले पहिलो चरणमा प्रत्येक टोलबाट पाँचजना गरी १ सय ३१ जनालाई घरमा पुगेर भत्ता वितरण गरेको जानकारी दिए ।

भत्ता लिनका लागि बैंक धाउन नपर्ने भएपछि वडाका जेष्ठ नागरिकहरु खुशी भएका छन् । साथै वडाले दैनिक ज्यालादारी गर्ने मजदुर र अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here