Friday, April 26, 2024
Homeसमाजगुरुकुल एकाडेमीको वार्षिकोत्सव

गुरुकुल एकाडेमीको वार्षिकोत्सव

- Advertisement -spot_img

घोराही, १९ फागुन । गुरुकुल इन्टरनेशलन एकाडेमीले शनिबार आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । घोेराही उपमहानगरपालिका–१५ रतनपुरमा रहेको विद्यालयले विभिन्न कार्यक्रम गरेर आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष अनन्तराज घिमिरेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा विद्यालयको वार्षिकोत्सव भएको हो । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले शिक्षाको गुणस्तस्तरमा निजी शैक्षिक संस्थाको भूमिका निकै महङ्खवपूर्ण भएको बताए । सामुदायिक विद्यालयसँग संस्थागत विद्यालयले प्रतिस्पर्धा गर्नुुपर्नेमा ठिक उल्टो निजी विद्यालयसँग सरकारी विद्यालयले प्रतिस्पर्धा गरेको बताए ।
सरकारी होस् या निजी शैक्षिक संस्था सबैले शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने भन्दै राम्रो शैक्षिक गुणस्तरले नै सोंचे जस्तो उपलब्धि प्राप्त गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाजंग विकेले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गरिरहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले अभिभावकले बालबालिकालाई रुचि अनुुसारको शिक्षा प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयले विभिन्न नृत्य, गीत प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मुकुन्द गिरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here