Saturday, April 27, 2024
Homeफिचरगाउँमै स्वास्थ्य केन्द्र हँदा खुसी

गाउँमै स्वास्थ्य केन्द्र हँदा खुसी

- Advertisement -spot_img

देउखुरी, ४ कार्तिक । लमही नगरपालिका वडा नम्बर ६ मा नगर स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । गाउँमै स्वास्थ्य केन्द्र उद्घाटन भएपछि स्थानीय खुसी भएका छन् ।
नगर स्वास्थ्य केन्द्रको आइतबार लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । यो नगर स्वास्थ्य केन्द्र सञ्चालन भएसँगै सामान्य बिरामी हुँदा लमही बजार दौडिन पर्ने बाध्यता त्यहाँका स्थानीयबासीलाई हट्ने भएको छ ।
वडा नम्बर ६ को मध्यनगरमा स्थापना भएको नगर स्वास्थ्य केन्द्रले वडाका तीनवटा गाउँका स्थानीयलाई सेवा प्रवाह गर्नेछ । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख केसीले अब ज्वरो आएर कुनै पनि सर्वसाधारणले ज्यान गुमाउनु नपर्ने बताए ।
केसीले नगरबासीहरूलाई स्वास्थ्य सेवामा सहज पु¥याउने र नगरबासीलाई आफ्नै वडाबाट स्वास्थ्यको पहुँच पु¥याउने उद्देश्य नगरपालिकाको भएको बताए । स्वास्थ्य कार्यक्रमलाई नै नगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख केसीले बताए ।
कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेशमान चौधरीले आफ्नो वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गर्नका लागि आन्तरिक ढिलाई भए पनि अबका दिनमा स्थानीयको स्वास्थ्य उपचारमा कुनै कमि कमजोरी हुन नदिने बताए ।
नगर स्वास्थ्य केन्द्र हेर्दा सानो भए पनि स्वास्थ्य सेवाका लागि महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्दै, निःशुल्क रूपमा जनतालाई स्वास्थ्य सेवा पु¥याउन र नगर स्वास्थ्य केन्द्रबाट आम सर्वसाधारणले सहजताको अनुभूति हुने गरेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।
वडामा आइतबार उद्घाटन गरिएको नगर स्वास्थ्य केन्द्रमा अहेब विष्णुमाया पौडेल, अनमी अर्चना श्रेष्ठ र कार्यालय सहयोगी रमा वली गरी तीनजना कर्मचारी रहने छन् ।
लमही नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेशमान चौधरीको सभापतित्वमा एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य तथा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, वडा सदस्य अनिता चौधरी, कृष्ण खत्रीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here