Saturday, April 27, 2024
Homeफिचरगाउँमै विशेषज्ञसहितको उपचार

गाउँमै विशेषज्ञसहितको उपचार

- Advertisement -spot_img

देउखुरी डायरी
देउखुरी, ५ फागुन । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरआँगनमै बिशेषज्ञसहितको उपचार पाउनु खुशीको कुरा भएको बताएका छन् । सिड अस्पताल लमही, ज्योतिष्मती विद्यापीठ र शक्ति उपभोक्ता सहकारी संस्था गढवाको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार गढवा गाउँपालिका वडा नम्बर ४ को रामनगरमा सम्पन्न भएको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा प्रदेश सदस्य शर्माले यस्तो कुरा बताए ।
सन्तुलित खाने आहारा नभएको, सफा पिउने पानीको अभाव, पौष्टिक आहार छैन, दिनप्रतिदिन हुँदै गैरहेको वातावरण प्रदूषणले गर्दा मानव जीवनमा गम्भीर असर गर्दा डरलाग्दा र भयानक रोग लाग्ने गरेको सभासद शर्माले बताए । यस्ता रोगबाट बच्न केन्द्र सरकार, प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत थुप्रै जनचेतनामूलक कार्यक्रम ल्याएको जानकारी पनि गराए । शनिबार गढवाको रामनगरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा उठैया गाउँकी ७९ बर्षिया ज्ञानी पोखरेल दम र ग्याष्टिक रोगकी बिरामी हुन, घर नजिक यो रोगको उपचार गर्ने डाक्टरको टोली आउँदा आफु खुशी भएको बताइन् । त्यस्तै गढवा गाउँपालिका वडा नम्बर ४ का ८० बर्षिय कल्लु यादव पनि लामो समयसम्म खोकी लाग्ने रोग र हात खुट्टा दुखिरहने रोगले ग्रस्त भएको बताउदै गाउँ नजिक उपचार गर्न पाएकोमा आयोजक टिमलाई धन्यवाद दिएका छन् । उक्त शिविरमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुमार पोख्रेल, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर होमनाथ अधिकारी, वरिष्ठ जनरल फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डाक्टर सुवोध कुमार पाण्डेले बिरामीको चेकजाँच गरेका थिए । शिविरमा सात सय बिरामीले सेवा लिएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमका संयोजक रुपलाल पाण्डेले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here