Friday, April 26, 2024
Homeफिचरखानेपानी सरसफाई तथा महिनाबारी व्यवस्थापन तालिम

खानेपानी सरसफाई तथा महिनाबारी व्यवस्थापन तालिम

- Advertisement -spot_img

तुलसीपुर, २६ मंसिर । तुलसीपुर, २५ मंसिर । विद्यालयमा गुणस्तरीय शिक्षासँगै स्वच्छ खानेपानी, सरसफाई र महिनाबारी स्वच्छताको पूर्ण जानकारी भएमा त्यसले सुन्दर भविष्यको आधार तयार पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सहभागीहरुले विद्यालयमा विद्यार्थीलाई शिक्षा मात्रै प्रदान गर्ने परिपाटीको अन्त्य गर्दै अतिरिक्त जीवन पद्धतिको बारेमा समेत जानकारी भएमा समाज परिवर्तका लागि बलियो आधार तयार पार्न सक्ने बताए ।
बंगलाचुली गाउँपालिका स्वाथ्य शाखाको आयोजना एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको सहयोगमा मंगलबारदेखि शुरु भएको विद्यालय खानेपानी सरसफाई तथा महिनाबारी व्यवस्थापन तालिमको उद्घाटन समारोहमा बोल्दै बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ऐनुराज खत्रीले विद्यालयमा प्रदान गरिने राम्रो शिक्षा र संस्कारले एउटा समुन्नत समाज निर्माण गर्न ठूलो सहयोग पुग्ने बताए । उनले अहिलेको शिक्षाले भविष्यको मार्ग कोर्ने भन्दै औपचारिक शिक्षासँगै व्यवहारिक सिकाइको पनि आवश्यकता औंल्याए । बंगलाचुली गाउँ कार्यपालिका स्वास्थ्य शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर जिसीले बंगलाचुली गाउँपालिकामा स्वास्थ्य र सरसफाईको अवस्था कमजोर रहेको भन्दै तालिमले केही परिवर्तन हुनेमा विश्वास व्यक्त गरे । तालिममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्नसकेमा त्यसले निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै बंगलाचुली गाउँकार्यपालिका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद शर्माले गाउँपालिकाको विद्यायलयहरुमा गठन भएको जुनियर रेडक्रस सर्कलमा आवद्ध शिक्षक, विद्यार्थीहरुलाई यसप्रकारको तालिम प्रदान गर्दा प्रभावकारी सूचनाको प्रवाह हुने बताए ।
यस्तै विद्यालयका प्रधानाध्यापक बाबुराम पौडेलले बंगलाचुली स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाईटीले अति नै राम्रो कार्यक्रमको सुरुवात गरेको भन्दै प्रशंसा व्यक्त गरे । उनले बालबालिकाको स्वस्थ्य जीवन पद्धतिको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । सुधा मावि झेलनेटाका प्रअ बाबुराम पौडेलको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष ऐनुराज खत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । बंगलाचुली गाउँपालिकामा गठन भएको नेपाल रेडक्रस सोसाईटी कमिरेचौर उपशाखा सचिव जीवन नेपालीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण नेरेसो जिल्ला शाखा दाङका कार्यक्रम संयोजक विश्राम अधिकारीले गरेका थिए । यसैबीच विद्यालय खानेपानी सरसफाई तथा महिनाबारी व्यवस्थापन तालिम मंगलबारदेखि दाङको बंगलाचुली ५ सुधा मावि झेलनेटामा शुरु भएको छ । बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखाको आयोजना एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको सहयोगमा तालिम शुरु भएको हो । दुई दिनसम्म चल्ने तालिममा बंगलाचुली गाउँपालिकामा रहेका विभिन्न सात विद्ययालयको सहभागिता रहेको छ । जुनिएर रेडक्रस सर्कल गठन भएका मावि र निमाविका २८ जनाको तालिममा सहभागिता रहेको छ । तालिममा विद्यालय तहमा महिनाबारी स्वच्छता, खानेपानी शुद्धिकरण, पूर्ण सरसफाईका सूचकहरु, साबुनपानीले हातधुने आनीबानीको विकासलगायतका विषयमा जानकारी गराइने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका कार्यक्रम संयोजक विश्राम अधिकारीले जानकारी दिए । तालिमको प्रशिक्षहरुमा बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसी, नेपाल रेडक्रस सोसाईटीका अञ्जु गौतम, शंकर भट्टराई, विश्राम अधिकारी गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here