Friday, April 26, 2024
Homeमुख्य खबरखानेपानी शुल्कमा छुट

खानेपानी शुल्कमा छुट

- Advertisement -spot_img

प्रदेश टुडे
दंगीशरण, २ असार । रावतगाउँ खानेपानी तथा उपभोक्ता सरसफाई समिति दंगीशरणले खानेपानी शुल्कमा छुट गरेको छ । दंगीशरण गाउँपालिका वडा नं ३ मा रहेको उक्त समितिले आफ्ना उपभोक्ताहरूलाई एक महिनाको न्यूनतम शुल्क छुट गरेको हो ।
लामो समयदेखिको लकडाउनका कारण उपभोक्ताको जनजीवन प्रभावित भएको भन्दै खानेपानी शुल्क छुट गरिएको समितिका सचिव टिकाराम भट्टराईले बताए । उनले चैत, बैशाख र जेठ महिनाको शुल्क लिदा राहतस्वरूप एक महिनाको न्यूनतम शुल्क (१ सय ५० रूपैयाँ ) छुट गरिने जानकारी दिए ।
यसैबीच समितिले खानेपानीको शुल्क बुझाउन उपभोक्ताहरू कार्यालय जानु नपर्ने बताएको छ । समितिले उपभोक्ताकै घरमा पुगेर रकम संकलन गर्ने व्यवस्था गरेको हो  ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मिटर रिडिङ गर्ने र शुल्क उठाउने गरी कर्मचारीहरूलाई उपभोक्ताको घर–घर पठाउने भएको समितिका सचिव भट्टराईले बताए । समितिमार्फत वडा नं ३ का २ सय ११ घरधुरीले खानेपानी उपभोग गर्दै आएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here