Monday, April 22, 2024
Homeफिचरखाद्य स्वच्छता आधारमा स्तरीकरणसम्बन्धी अभिमुखीकरण

खाद्य स्वच्छता आधारमा स्तरीकरणसम्बन्धी अभिमुखीकरण

- Advertisement -spot_img

लमही, २३ बैशाख ।
राप्ती गाउँपालिका र होटल ब्यवसायी समिति लालमटियाको सहयोग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंको आयोजनामा राप्ती गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टहरुमा खाद्य स्वच्छताको आधारमा स्तरीकरणसम्वन्धी अभिमुखीकरण कार्यक्रम लालमटियामा आइतवार सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाले हालै स्वीकृत गरेको, खाद्य स्वच्छता, मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बिक्री वितरण मापडण्ड निर्देशिका २०७४, गाउँपालिकाबाट गरिने बजार अनुगमन कार्यविधि २०७५, लाई कार्यान्वयनको पक्षमा लैजादै गर्दा होटल ब्यवसायलाई पनि राम्रो बनाउँदै लैजाने उद्देश्यले अभिमुखीकरण गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।


राप्ती गाउँपालिका भित्रका होटल ब्यवसायीहरुको संगठन होटल ब्यवसायी समितिका पदाधिकारी तथा होटल ब्यवसायीहरुलाई दिइएको अभिमुखीकरण कार्यक्रममा कस्ता होटल सञ्चालन गर्न पाइने वा होटल ब्यवसायीहरुले अपनाउनुपर्ने नियम तथा गुणस्तरताको बारेमा जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्य सुरक्षा तथा खाद्य सुरक्षाका हिसावले अपनाउनुपर्ने नियमहरुको बारेमा कार्यक्रममा छलफल गरिएको छ ।
राप्ती गाउँपालिकाले हालै स्वीकृत गरेको, खाद्य स्वच्छता, मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बिक्री वितरण मापडण्ड निर्देशिका २०७४, गाउँपालिकाबाट गरिने बजार अनुगमन कार्यविधि २०७५, लाई कार्यान्वयनको पक्षमा लैजादै गर्दा होटल ब्यवसायलाई पनि राम्रो बनाउँदै लैजाने उद्देश्यले अभिमुखीकरण गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।
खाद्य स्वच्छता, मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बिक्री वितरण मापडण्ड निर्देशिका २०७४, गाउँपालिकाबाट गरिने बजार अनुगमन कार्यविधि २०७५, अनुसार होटलको स्तरीकरण समेत गरी प्रत्येक होटलमा संकेत राखिने हँुदा होटल ब्यवसायीहरुले राम्रो बनाउन प्रेरित हुनेछन् जसले आम नागरिक तथा सेवाग्राही लाभान्वित हुने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here