Monday, April 22, 2024
Homeफिचरखाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ३ जेठ ।

दाङमा स्थापना भएको सोनापुर सिमेन्ट उद्योगले कोभिड–१९ को महामारीको नियन्त्रण र सुरक्षाका लागि ठूलो मात्रामा स्थानीय सरकारलाई सहयोग गरेको छ । स्थानीय सरकारलाई हालसम्म तीन सय क्विन्टल खाद्यान्न सहयोग गरेको छ भने जिल्लाका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरु ९५–मास्क, एम्बुलेन्स चालकलाई पिपिई सहयोग गरेको हो ।

शुक्रबार मात्रै उद्योगले एक हजार ९५ मास्क तुलसीपुर उद्योग वाणिज्य संघमार्फत वितरण गरेको छ भने ३ सय क्विन्टल खाद्यान्न दाङका स्थानीय सरकारलाई प्रदान गरिएको उद्योगका महाप्रबन्धक हरि पाठकले बताए ।

कोरोना संक्रमणका कारण हातमुख जोर्न कठिन भएका विपन्न वर्गलाई राहत प्रदान गर्नका लागि स्थानीय सरकारलाई र केही प्रत्यक्ष समुदायमा नै पुगेर खाद्यान्न सहयोग गरिएको उनले बताए ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिले स्थापना गरेको फुड बैंकमा सोनापुर सिमेन्ट उद्योगले ५५ क्विन्टल खाद्यान्न सहयोग गरेको छ । सोनापुर मिनरल्स् प्रालिका महाप्रवन्ध हरि पाठकले उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

खाद्यान्न हस्तान्तरण गर्दै पाठकले गरिब तथा विपन्न वर्गलाई सहयोग गर्ने दायित्व पूरा गरेको बताए । ‘निम्न वर्गका जनतालाई जीवनयापनमा सहजता होस् भन्नका लागि यो सहयोग गरिएको हो’ पाठकले भने, ‘स्थानीय सरकाले हाम्रो उद्देश्य पूरा हुने गरी विपन्नलाई सहयोग गर्ने छ भन्ने आस गरेका छौं ।’

खाद्यान्न बुझ्दै नगरप्रमुख पाण्डेले उपमहानगरपालिकाको अभियानमा सहयोग गरेकोमा प्रालिलाई धन्यवाद दिए । उनले लकडाउनका कारण कोही खाद्यान्न नपाएर भोकै नहोस् भन्नका लागि उपमहानगरपालिका सजक रहेको बताए । तुलसीपुर उपमहानगरले फुड बैंक स्थापना गरेर सहयोग संकलन गर्दै विपन्नलाई वितरण गरिरहेको छ ।

कोरोना महामारी नियन्त्रणमा दिन रात फ्रन्टलाईनमा खटिएका स्वास्थ्यर्की र सुरक्षाकर्र्मीहरुका लागि सोनापुर सिमेन्टले मास्क प्रदान गरेको छ । कम्पनीका महाप्रबन्धक हरि पाठकले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतलाई हस्तान्तरण गरेका छन् । संघले शुक्रबार नै सबै निकाय र क्षेत्रमा उक्त मास्क वितरण गर्न सुरु गरिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here