Saturday, April 27, 2024
Homeमुख्य खबरक्यान्सर पीडितलाई सहयोग

क्यान्सर पीडितलाई सहयोग

- Advertisement -spot_img

तुलसीपुर, ६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ प्रसेनी निवासी ब्लड क्यान्सर पीडित धनराम केसीको उपचारका लागि सुन्दर बस्ती टोल विकास संस्थाले आर्थिक रकम सहयोग गरेको छ । मगंलबार पीडित केसीको घरमा गई टोल विकास संस्थाका अध्यक्ष चेतबहादुर जिसीलगायतको टोलीले २० वर्षीय केसीको उपचारमा सहयोग पुगोस् भनी ६६ हजार नौ सय ८५ रुपैयाँ आर्थिक रकम हस्तान्तरण गरेको हो ।
गत मंसिर महिनादेखि ब्लड क्यान्सर पीडित भएका केसीको हाल भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको पीडितका बुबा परशुराम केसीले जानकारी दिए । छोराको उपचारका लागि अहिलेसम्म २१ लाख भारतीय रकम खर्च गरिसक्यौ, अझै ५० लाख आइसीभन्दा धेरै रकम लाग्ने डाक्टरको भनाई छ, उनले भने । उनले छोराको उपचारका लागि आर्थिक रकम अभाव भएकाले सहयोगका लागि अपिलसमेत गरेका छन् ।
साथै पीडित केसीको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिले नेपाल एसबिआइ बैंक लिमिटेड घोराहीको खाता नम्बर २०६१५२४०७००५७६, एभरेष्ट बैंक लिमिटेड तुलसीपुरको खाता नम्बर ०३३००५१८२००२२३ एवं ९८४७८५२९७५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । ब्लड क्यान्सर पीडित धनराम केसी काठमाडाँैमा बसेर अध्ययन गर्दै गरिरहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here