Wednesday, April 24, 2024
Homeफिचरकोरोना भाइरस विरूद्ध सचेतना

कोरोना भाइरस विरूद्ध सचेतना

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, २६ फागुन ।

सल्यानमा कोरोना भाइरसविरूद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । आईतवार जिल्लाको श्रीनगर बजारमा भाइरसविरूद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम श्रीनगर बजार ब्यवस्थापन समितिले सञ्चालन गरेको हो ।

कार्यक्रममा कोरोना भाइरस भनेको के हो ? यसका लक्षणहरू र यसबाट बच्ने उपायहरूको बारेमा जानकारी गराईएको थियो ।

यस्तै भाइरसबाट बच्नका लागि विभिन्न ब्यक्तित्वहरूको सहयोगमा धारा जडित ड्रममा हातमुख धुनको लागि पानी र साबुनको व्यवस्थासमेत गरिएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितहरू अहिलेसम्म नभएपनि आफ्नो सुरक्षा आफैले गर्नुपर्ने बजार ब्यवस्थापन समिति अध्यक्ष हपिस भण्डारीले बताए ।

‘कोरोना ढिलो चाँडो नेपालमा आउन सक्छ’ उनले भने– ‘त्यसैले यसको पूर्व तयारीका लागि यस्ता कार्यक्रम आवश्यक छन् ।’

उनले कोरोनाको बारेमा सबै मानिसहरूले जानकार हुन आवश्यक रहेको बताए । नेपाल सरकारले कोरोना भाइरस नेपाल भित्रिन नदिन आवश्यक सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने समेत बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here