Friday, April 26, 2024
Homeसम्पादकीयकृषिमा नयाँ अभ्यास

कृषिमा नयाँ अभ्यास

- Advertisement -spot_img

चाहेमा सबै सम्भव बनाउन सकिन्छ । यसका लागि आँट, सीप र प्रविधिमा विश्वास गर्न सक्नुपर्छ । कृषि नेपालको प्रमुख पेशा हो । यो पेशा परम्परागत रूपमा नै बढी चलिरहेको छ । विभिन्न कारण र समस्याले सबै आम किसानहरुले कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनन् । न त किसानहरुले त्यो प्रविधिको अवसरनै पाएका छन ।
सामान्य रूपमा जानकार किसान र विभिन्न क्षेत्रमा प्रविधिको अनुभव सङ्गालेका किसानहरुले मात्रै आधुनिक र नयाँ प्रविधि अंगालेर कृषिलाई व्यवसायीकरण गर्नतर्फ लागेका छन् । कृषिमा नयाँ प्रविधि भित्र्याउनेहरूमा बढी नयाँ पुस्ताकै किसान छन् ।
जसले ब्यवसायीक रूपमा नै कृषि व्यवसायलाई अगाडी बढाईरहेका छन् । दाङमा पनि नयाँ तथा युवा पुस्ताले नयाँ प्रविधिको अवलम्वन गरेर कृषि पेशालाई आधुनिकीकरणतर्फ लगाएको पाइएको छ । कृषिले जिल्लामा नयाँ हलचल पनि ल्याउने गरेको छ । पछिल्लो समय माटो विनानै व्यवसायीक रूपमा युवाहरूले तरकारी खेती जिल्लामा सुरू गरेका छन् ।
कृषि गर्ने बढी पौरखी र श्रमसँग विश्वास गर्दछन् । तर पनि खास किसानहरुले प्रविधिलाई अंगाल्न नसक्दा खेती प्रणाली केही कमजोर भएको पनि देखिन्छ । कतै जग्गा नै अभावले युवाहरुले चाहेर पनि कृषिमा व्यवसायीकताको विकास गर्न समस्या हुने नै भयो ।
तर जग्गा र माटोविना पनि कृषिलाई व्यवसायीकरण गर्न सकिन्छ भनेर प्रविधि अंगाल्ने युवाहरुले भने प्रमाणित गरिदिएका छन् । कृषिका लागि उपयुक्त जग्गा नहुँदा पनि कृषि उत्पादन गर्न सकिन्छ र व्यवसायीकता ल्याउन सकिन्छ भन्ने तथ्य कृषिमा आएको नयाँ प्रविधि र नयाँ प्रयासले नै प्रष्ट गरेको छ ।
माटो बिना नै तरकारी खेती गरेर सबै किसानलाई नयाँ प्रविधितर्फ आकर्षण गर्ने तुलसीपुर उपमहानगरपालिका–१६ रावतगाउँका अमृत धिताल उदाहरण बनेका छन् ।
हाइड्रोयानिक बटोनेट प्रविधि भित्र्याएर व्यवसायीक तरकारी खेती थालेका छन् । युवाहरूमा यस्तो सोच र लगनशीलता आउनुले कृषिमा पनि नयाँ आयाम र प्रविधिसँग जोडिने काम भएको छ । उनले गरेको यो कार्य प्रशंसनीय र मनन्योग्य छ ।
कृषि प्रधान देशका युवा शक्तिलाई पनि कृषिमा आकर्षण गर्नसके कृषिमा आधुनिकता आउने छ । परम्परागत रूपमा हुने कृषिमा युवाको प्रवेश भए नयाँ ढंगबाट कृषि शुभारम्भ हुने देखिन्छ ।
युवाहरु बेरोजगार भइरहेका बेला युवाकै प्रयासले धितालको कृषिमा नयाँपनको सुरुवातले अन्य युवालाई पनि कृषितर्फ उत्साह भर्ने प्रेरणा मिल्न सक्छ ।
युवाहरु बेरोजगार भएर खाली बसाउनेभन्दा राज्यबाटै विशेष योजना निर्माण गरी कृषिमा आकर्षण गराउन सक्नुपर्छ । युवाले भित्र्याएको नयाँ प्रविधिको कृषिको संरक्षण गर्नतर्फ राज्यका निकायहरू अग्रसर हुनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here