Friday, April 26, 2024
Homeमुख्य खबरकिर्ते गर्नेविरुद्ध उजुरी दर्ता

किर्ते गर्नेविरुद्ध उजुरी दर्ता

- Advertisement -spot_img

देउखुरी, २८ साउन । आफ्नो नामको किर्ते गरेर बैंकबाट रकम निकासा गरेको भन्दै गुरुङ नाकादेखि कल्याणपुर सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष र सचिव विरुद्ध कोषाध्यक्ष फुलमाया घर्तीले जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दिएकी छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आर्थिक बर्ष २०७४÷७५ मा राजपुर गाउँपालिका वडा नम्बर १ को नाका क्षेत्रमा विकास गर्न भनेर विनियोजन १९ लाख ७५ हजार रुपैयाँ सोहि समितिका अध्यक्ष ओमबहादुर पुन सचिव होमबहादुर सुनारले कोषाध्यक्ष फुलमाया घर्तीको हस्ताक्षर किर्ते गरी रकम निकासा गरेको सार्वजनिक भएपछि किर्ते गर्ने र थाहै नदिएर रकम निकासा गरेको आरोपमा घर्ती उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । अध्यक्ष र सचिवले आफूलाई कुनै जानकारी नदिएर काम गरेको समेत उनको आरोप रहँदै आएको छ । घर्तीले जिल्ला प्रशासन हुँदै निवेदन जिल्ला प्रहरी कार्यालय घोराही पनि गएको बताएकी छन् । तर त्यहाँ प्रहरीले सम्बन्धित व्यक्तिलाई बोलाएर मिलापत्र गर्ने भनेपछि पीडित घर्तीले आफू कुनै पनि हालतमा नमिल्ने दाबी गरेपछि प्रहरीले चिठी दर्ता गरेको घर्तीले बताइन् । दोषीलाई हदैसम्मको कारवाही नगरे कारबाहीको अर्को विकल्प खोज्ने उनको भनाइ छ । कसैलाई नभन्नु समेत भनेर धम्काएको पत्रमा उल्लेख गरिएको छ ।

फ्लो अफ

राजपुर गाउँपालिकाले प्राविधिकसहित अनुगमन गर्दा सबै ठिक पाएपछि बजेट निकासाका लागि अनुमति दिएको बताएको छ । गाउँपालिकाका सव–इन्जिनियर सुवास भण्डारीले १९ लाख ७५ हजार रकमबाट निर्माण उपभोक्ता समितिले गुरुङ नाकादेखि पटौली नाकासम्म २६ वटा होम पाइप, २८ वटा ग्याविंग तार जाली १० मिटर लम्बाई भएको र एकवटा कल्भर्ट निर्माण गरेको बताए । अनुगमनमा काम देखिएपछि रकम निकासाको सिफारिस भएको सव–इन्जिनिएर भण्डारीले बताए । यति ठूलो रकममा गाउँपालिकाले गैरजिम्मेवारी भएर रकम निकासाका लागि अनुमति दिएको भन्दै विभिन्न क्षेत्रबाट टिका टिप्पणी हुन थालेको छ । यो विषयमा सम्पर्क गर्न खोज्दा समितिका अध्यक्ष र सचिवको फोन सम्पर्क हुँदैन । सम्बन्धित व्यक्तिहरुलाई सम्पर्कमा ल्याएर आवश्यक अनुसन्धान गर्न भनी जिल्ला प्रहरी कार्यालयले ईलाका प्रहरी कार्यालय गढवालाई पत्राचार गरेको छ । गढवा प्रहरी प्रमुख पञ्चलाल गोलेका अनुसार लगातार परिरहेको पानीका कारण ति व्यक्तिसँग सम्पर्क हुन नसकेको बताए । सम्पर्कमा ल्याउने प्रयास भैरहेको प्रमुख गोलेले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here