Saturday, April 27, 2024
Homeमुख्य खबरकांग्रेसले वडास्तरीय प्रशिक्षण गर्ने

कांग्रेसले वडास्तरीय प्रशिक्षण गर्ने

- Advertisement -spot_img

देउखुरी, २४ साउन । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले पार्टीभित्रको मतभेदको अन्त्यका लागि विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीभित्रको असमझदारीको अन्त्य र आम जनताको आन्दोलमा ऐक्यवद्धता जनाउने भन्दै पार्टीले विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गर्ने भएको छ । बिहीबार क्षेत्र नं. १ को कार्यसमितिको बैठक बसी पार्टीले यस्तो निर्णय गरेको हो ।
बिहीबार पार्टीको क्षेत्र नं. १ को कार्यालय लमहीमा सम्पन्न कार्यसमिति बैठकले क्षेत्र नं. १ भित्रका सबै वडामा वडास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल तथा निर्णय गरेको हो ।
क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शिला शर्मा खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले आगामी भदौ ८ गते गढवा गाउँपालिकाको सिपि हलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने भएको छ ।
उक्त अवसरमा पार्टीले मुआब्जा वितरणमा विभेद भएको प्रति आपत्ति जनाउँदै आन्दोलन गर्दै आईरहेका लमही नगरपालिका वडा नं. ४ सेम्रहवाका स्थानीयको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको सभापति पाण्डेले बताए ।
बैठकले सेम्रहवाका स्थानीयले उठाएको माग जाहेज भएको ठहर गर्दै समयमै उनीहरुको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सांसद महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, महिला नेतृलगायतको सहभागिता रहेको उक्त बैठकले पार्टीका क्रियाशील सदस्य गढवा गाउँपालिका वडा नं. १ निवासीे प्रेम बहादुर थापा र वडा नं. ५ निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा इकाई सल्लाहकार बिष्णु भण्डारीको निधनप्रति दुःख ब्यक्त गर्दै समवेदना व्यक्त गर्ने निर्णयसमेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here