Friday, April 26, 2024
Homeफिचरकाँग्रेसका १० वडा अध्यक्षले गरे बैठक बहिस्कार

काँग्रेसका १० वडा अध्यक्षले गरे बैठक बहिस्कार

- Advertisement -spot_img

तुलसीपुर उपमहानगरमा विवाद …
तुलसीपुर, २९ फागुन । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुबीच विवाद देखिएको छ । काँग्रेसबाट निर्वाचित नगरका बहुमत वडा अध्यक्षहरुले कार्यपालिका बैठक बहिस्कार गरेका हुन् ।
नगरका १९ वडा अध्यक्षमध्ये १० जना वडा अध्यक्षले कार्यपालिका बैठकमा नगरप्रमुखले आफूहरुलाई बेवास्ता गरी निर्णय गर्न थालेपछि र आफू अनुकूलका निर्णय गर्ने र पेलेर जान सुरु गरेपछि कार्यपालिका बहिस्कार गरिएको तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका छन् । योसँगै उपमहानगरमा जनप्रतिनिधिबीचको विवाद छताछुल्ल भएको छ ।
५३ वटा कार्यपालिका बैठक बस्दासम्म हरेक विषयमा नगरप्रमुख पेलेर जाने गरेको भए पनि नगरको हीतमा हुने निर्णयहरुमा सहयोग गर्दै आएको भन्दै वडा अध्यक्षहरु पछिल्लो समय काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु रहेका विषयगत समितिमा समेत आफूखुसी परिवर्तन गरेर नयाँ ब्यक्ति ल्याउने र विषयगत सभापतिहरुसँग समन्वय नै नगरे विभिन्न कार्यविधिहरु पेश हुन थालेपछि विरोधमा उभिएको तुलसीपुर वडा नम्बर २ का अध्यक्ष राजु आचार्यले बताए ।

नगरका १९ वडा अध्यक्षमध्ये १० जना वडा अध्यक्षले कार्यपालिका बैठकमा नगरप्रमुखले आफूहरुलाई बेवास्ता गरी निर्णय गर्न थालेपछि र आफू अनुकूलका निर्णय गर्ने र पेलेर जान सुरु गरेपछि कार्यपालिका बहिस्कार गरिएको बताए ।

काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुहरुलाई बैठकको एजेण्डा फरक दिने र बैठक बस्दै गर्दा नयाँ एजेण्डा ल्याएर नगरप्रमुखले जबर जस्ती पास गराउन खोजेको आरोपसमेत वडा अध्यक्षहरुले लगाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजु आचार्य, वडा नम्बर ५ का अध्यक्ष विरेन्द्रकुमार शाह, ७ का अध्यक्ष टोपबहादुर केसी, ९ का अध्यक्ष घनश्याम ढकाल, ८ का अध्यक्ष वेदबहादुर केसी, १० का अध्यक्ष कुमार लामिछाने, ११ का अध्यक्ष चित्रबहादुर वली, वडा नम्बर १३ का अध्यक्ष डम्बरबहादुर न्यौपाने, १४ का अध्यक्ष पर्शुनारायण चौधरी, वडा नम्बर १७ का अध्यक्ष थलराज पुरीले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी कार्यपालिका बहिस्कार गरेको जनाएका हुन् ।
कार्यपालिका बहिस्कार गरे लगत्तै गरिएको पत्रकार सम्मेलन कार्यपालिकाबाट चयन भएका विषयगत सभापतिलाई नगरप्रमुखले अनियमित रुपमा प्रक्रिया मिचेर हटाइएको, विषयगत शाखा तथा संयोजकसँग समन्वय नगरी बाहिरबाट विधेयकहरु ल्याइएको, एजेण्डा पनि बाहिरबाट आउने गरेको, नगरस्तरीय तथा संसद विकास कोषबाट सञ्चालन हुने योजनाहरुमा वडा अध्यक्षहरुसँग समन्वय नगर्ने गरिएको, नगर कार्यपालिका मनोमानी ढंगले सञ्चालन गरेको र बसपार्कमा सार्वजनिक सवारी साधनबाट संकलन भएको कर अहिलेसम्म सार्वजनिक गर्न नचाहने अवस्थाले नगर प्रमुखलाई सहयोग गर्न नसकिने भन्दै बैठक बहिस्कार गरिएको काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष संयोजक टोपबहादुर केसीले बताए ।
तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेले बहुमतको दम्ब र आडमा काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुलाई पेलेर जाने गरेको भन्दै उनीहरुले यस्तो भइरहे राम्रो नहुने समेत चेतावनी दिएका छन् । उनीहरुले नगरको विकासका लागि पार्टीभन्दा पनि जनप्रतिनिधिको आँखाबाट ब्यवहार हुनुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले लोकतन्त्रमा पक्ष विपक्ष हुने भन्दै त्यसलाई सहजरुपमा लिनुपर्ने बताए ।
उनले १० जना वडा अध्यक्षहरुको केही असन्तुष्टी भएको स्वीकार गरे । उनले कार्यपालिका बैठक नरोकिएको र बैठकले आफ्नो काम अघि बढाएको बताए । ‘कार्यविधि अध्ययन नगरेर पास गर्ने, पछि आएर विरोध गर्न मिल्दैन’ उनले भने कार्यविधिले तोकेका अधिकारमा मात्रै हेरफेर भएको हो । विरोधको लिखित जानकारी गराइएको छैन भए कानुन अनुसार जान्छौँ नगरप्रमुख पाण्डेले भने असहमति पनि आएको छैन ।
‘सहमतिको आधारमा अहिलेसम्म निर्णय गरेको र उहाँहरुको सहभागिताविना निर्णय भएको छैन । जुनबेला जस्तो एजेण्डा पनि नगरप्रमुखले ल्याउन सक्छ त्यसमा विरोध गर्न मिल्दैन । कानुनले नगर प्रमुखलाई नै कार्यकारी अधिकार दिएको छ त्यहि अनुसार गरिएको छ ।’ आउने प्रस्तावहरु कुनै पनि हातलमा रोकिदैन कानुन अनुसारको असहमति छलफल गर्छौ तर कसैको विरोधमा रोकिदैन काम अघि बढ्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here