Wednesday, April 24, 2024
Homeफिचरकहाँ छन् युवालाई बुझ्ने निकाय ?

कहाँ छन् युवालाई बुझ्ने निकाय ?

- Advertisement -spot_img

घोराही, २२ असार ।
राजनीतिक परिवर्तन भईसक्दा पनि युवाहरुको कुनै पनि क्षेत्रमा सहभागिता नगराइएको युवाहरुको गुनासो गरेका छन् । युवाहरुको सहभागितामा नै राजनीतिक परिवर्तन आउँदा पनि युवाहरुको विषयमा कुनै पनि निकाय गम्भीर नभएको उनीहरुको गुनासो छ ।
‘राजनीतिक एवम् सामाजिक क्षेत्रमा चासो राख्ने हामी युवाहरुले स्थानीय तहमा के भइरहेको छ भन्ने कुरा त हामीलाई जानकारी हुँदैन् । युवा कार्य नेपालले स्थानीय निकायमा युवा सहभागितामा चासो विषयमा भएको छलफल कार्यक्रममा सहभागि युवा तथा विद्यार्थी नेता राजकुमार धितालले युवाहरुको अवस्थाको बारेमा जानकारी गराउँदै भने ‘गाउँका अन्य सामान्य युवाहरुको स्थानीय तहमा भूमिका कस्तो होला ? युवाहरुको सहभागिता विना कुनै पनि क्षेत्रका विकास नहुने हुँदा स्थानीय तहले गर्ने हरेक छलफल तथा निर्णयमा युवाको प्रतिनिधित्व गराउन सुझाव दिए । ‘स्थानीय तहमा हुने गतिविधिको बारेमा हामी युवाहरुलाई पनि निर्णय गर्ने अधिकार दिनुपर्छ, हाम्रो सहभागिता सुनिश्चित गराईनु पर्छ । अर्का युवा तथा विद्यार्थी नेता प्रविण शर्माले पनि गुनासो राख्दै भने ‘मेयर र उपमेयर अनि राजीनितीक नेताले मात्रै छलफल गरेर हुदैन् । स्थानीय तहबाट हुने आफ्नो वडाको विकासको लागि युवाहरुले चासो राख्दा पनि स्थानीय निकायले चासोको रुपमा नलिने गरेको बताए ।

कार किन्नको लागि बैंकले जति पनि लोन दिन्छ
तर कुनै युवाले दुहुनो भैसी किनेर व्यवसाय सञ्चालन
गर्छु भन्दा बैंकले पत्याउँदैन । शुरुमै हामी युवाहरुसँग
त्यतिका लगानी कहाँबाट हुन्छ ? युवाहरुलाई स्वरोजगार
बनाउनको लागि स्थानीय तहले व्यावसायकमूलक नीति
तथा योजनाहरु ल्याउनको लागि सुझाव दिए ।


विद्यार्थी नेता सन्तोष पोख्रेलले युवाहरुलाई पनि लक्षित वर्गमा राख्न स्थानीय निकायलाई सुझाव दिए । ‘युवाहरुलाई पनि अब लक्षित वर्गमा राखिनुपछ । विद्यार्थी नेता पोख्रेलले सुझाव दिदै भने ‘यदि लक्षित वर्गमा राखियो भने स्थानीय तहले गर्ने हरेक कृयाकलापमा युवाहरुलाई अनिवार्य सहभागिता गराउन बाध्य हुन्छ । युवाहरुलाई पनि लक्षित वर्गमा नराख्दासम्म कुनै पनि क्षेत्रको विकास नहुने उनले बताए ।
‘कार किन्नको लागि बैंकले जति पनि लोन दिन्छ तर कुनै युवाले दुहुनो भैसी किनेर व्यवसाय सञ्चालन गर्छु भन्दा बैंकले पत्याउँदैन ‘शुरुमै हामी युवाहरुसँग त्यतिका लगानी कहाँबाट हुन्छ ? युवाहरुलाई स्वरोजगार बनाउनको लागि स्थानीय तहले व्यावसायकमूलक नीति तथा योजनाहरु ल्याउनको लागि सुझाव दिए । अधिवक्ता गोमा महराले युवाहरुसँग प्रविधि तथा योजनाकोे ज्ञान हुने हुँदा उनीहरुलाई हरेक क्षेत्रमा सहभागिता गराउँदा प्रभावकारी हुने बताइन् । युवाहरुको गुनासो तथा सुझाव सुनिसकेपछि घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले राजनीतिक परिवर्तनपछि युवाहरुको भूमिका सुनसान देखिएको बताए । ‘युवाहरुको सहयोगले राजनीति परिवर्तन आयो, राजनीतिक भूमिका पनि सकिसक्यो घोराही उपमहानगरपालिकाका नगर प्रमुख चौधरीले भने ‘त्यसपछि युवाहरुले नयाँ भूमिका समात्न सकिरहेका छैनन् । अबको समयमा विद्यार्थी संघ, युवा संघ कहाँ छन् ? भनेर खोज्नुपर्ने समय आएको बताए । कुनै पनि क्षेत्रको परिवतर्नको लागि युवाहरुमा अनुशासन र नेतृत्व विकास गर्न जरुरी रहेको वताए ।
प्रायजसो युवाहरुमा बिहान १० बजेदेखि साँझ ५ सम्म कार्यालयमा गर्ने कामलाई मात्र जागिर भन्ने सोंचका कारण युवाहरु स्वरोजगार बन्न नसकेको बताए । कृषि, व्यापार व्यवसायबाट पनि राम्रो आम्दानी गरेर स्वरोजगार वन्न सकिन्छ भन्ने ज्ञान हुँदाहुँदै पनि कार्यालयको कामलाई मात्र प्राथमिकतामा राख्ने गरेको उनले बताए । ‘हामीहरुले युवाहरुलाई स्वरोजगार बनाउनको लागि व्यवसायमूलक तालिम दिएर दक्ष बनाउँछौँ भन्दा पनि सरकारी कार्यालयको जागिर चाहियो भन्दै आउनुहुन्छ । चौधरी युवाहरुलाई सम्झाउँदै भने ‘धेरैजसो युवाहरुलाई आफू कुन क्षेत्रको लागि योग्य छु, के गर्दा उचित हुन्छ भन्ने थाहा नै छैन् । घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने आ–आफ्नो स्थानीय तहमा युवाहरुको लागि बजेट कति छ भनेर बुझ्न र बजेटलाई सदुपयोग गर्न सुझाव दिइन् । युवा कार्य नेपालका अध्यक्ष लक्ष्मी निरौलाले युवाहरुलाई समेटेर स्थानीयतहले लैजानु पर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here