Saturday, April 27, 2024
Homeफिचर‘कमैया मुक्तिका २० वर्ष’

‘कमैया मुक्तिका २० वर्ष’

- Advertisement -spot_img

दाङ, २ साउन । कमैया, सुकुम्बासीहरुको पुनस्र्थापना र व्यवस्थापनको काम सरकारले एक वर्षभित्रमा गर्ने प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले बताएका छन् ।
मुक्त कमैया समाज र कमैया महिला जागरण मञ्च दाङको आयोजनामा लमहीमा भएको २०औँ मुक्ति दिवस कार्यक्रममा प्रतिनिधि सभा सदस्य चौधरीले कमैया र सुकुम्वासीहरुको पुनस्र्थापनाको लागि सरकारले योजना बनाईरहेको बताए । सरकारले आन्तरिक व्यवस्थापनको बाँकी काम भने दुई वर्षभित्र पूरा गरी सक्ने योजना बनाएको जानकारी गराएका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा थारुले कमैया, सुकुम्बासीहरूको समस्या समाधान अहिलेको कम्युनिस्टको सरकारले गर्ने दावी गरेकी थिईन् । वर्षैदेखि पीडा भोग्दै आएका कमैया र सुकुम्बासीलाई सरकारले सम्बोधन गर्ने बताएकी थिईन् । प्रदेश सभा सदस्य इन्द्रजित थारुले परिचय–पत्र प्राप्त गरेका कमैया, सुकुम्बासीहरूको समस्या विस्तारै समाधान हुँदै गएको र छुट कमैयाको समस्या समाधानका लागि जनस्तरमा बहस आवश्यक रहेको तर्क गरे ।
प्रदेश सभा सदस्य रेवतीरमण शर्माले मुक्त कमैयाको दीर्घकालिन व्यवस्थापनका लागि प्रदेश सरकारमार्फत गास, बासको व्यवस्था गरी रोजगारीको व्यवस्था गर्न प्रदेश सरकारले ध्यान दिने बताएका छन् ।
सरकारले कमैया मुक्ति घोषणा गरेको लामो समयदेखि अर्काको घरमा काम गरेर बस्न बाध्य कमैयाहरुलाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।
दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई मुक्त भएको घोषणा गरी कमैयाले लिएको ऋण मिनाहा गर्दै कुनै व्यक्तिलाई कमैया श्रमिकको रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काममा लगाउन प्रतिबन्ध लगाएको छ ।
सरकारले मुक्त कमैयाहरुको बसोबासको व्यवस्था मिलाउनुका साथै घर निर्माण खर्च, काठ तथा विभिन्न सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । अहिले दाङमा १ हजार ४ सय २६ जना कमैयाहरु छन भने ३ हजार ६ सय ५ जना कमैयाहरु लगतमा छुटेको बताएका छन् ।
मञ्चका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका बसन्तराज शर्मा, नेपाली कांग्रेसका कर्णबहादुर बुढाथोकी, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, भूमि सुधार कार्यालय दाङका कमैया फाँटका कर्मचारी हरिप्रसाद चौधरी, मुक्त कमैया समाजका केन्द्रीय सदस्य टेकबहादुर रावत, कमैयाहरु दुखराम चौधरी, मानवीर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कमैया महिला जागरण समाजका जिल्ला सदस्य सुनरुपी चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समाजका जिल्ला सचिव लोकमाया तामाङले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here