Friday, April 26, 2024
Homeफिचरएनआरएनए निर्वाचनमा डेमोक्रयाटहरु एकजुट

एनआरएनए निर्वाचनमा डेमोक्रयाटहरु एकजुट

- Advertisement -spot_img

क्यानडाका डेमोक्रेटिकहरु एकजुट भएका छन् । आगामी अगस्ट  10 मा क्याणडामा हुन लागेको एनअारएनए निर्वाचनमा आफ्नो पक्षमा चुनावी नतिजा हात पार्नको लागि एकजुट भएका हुन् ।
चुनावी नतिजा आफ्नो पक्षमा पार्नको लागि नेपाली जनसम्पर्क समिती क्याणडाले बृहत र एकताबद्द प्रयास थालेको छ । अभियान स्वरुप गत हप्तामात्र विभिन्न समुहमा छरिएर रहेका डेमोक्रेटिक उम्मेदवार र मतदाताहरुलाई एकजुट बनाउने र निर्वाचनका लागि लागिपर्नेमा सबै एकमत भएका छन ।
बिगतका समयमा विभिन्न समुहमा बिभक्त हुदा निर्वाचन परिणाम आफ्नो पक्षमा आउन नसकेको निस्कर्स सहित आगामी निर्वाचन साझा र एकताबद्द रुपमा निर्वाचनमा होमिएको जनसम्पर्क समिती क्याणडाका सभापति बुद्धिप्रकाश ओलिले जानकारी दिएका छन् ।

`आगामी निर्वाचनमा डेमोक्रेटिक पक्षमा मत ल्याउनको लागि हामी एकजुट भएका छौँ ´ जनसम्पर्क समिती क्याणडाका सभापति ओलिले भने `मलाई बिश्वास छ, डेमोक्रेटिकको पक्षमा बढी मत आउने छ ।´
ब्रामटन सिटिमा आयोजना गरियको एकता भेलाले निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउनको लागि कुनै कसर बाकी नराख्ने र प्रचारप्रसारलाई तीब्र राख्ने बताए ।
साथै निर्वाचनको लागि आवस्यक पर्ने अन्य व्यबस्थापकिय कार्यलाई पनि एकसाथ अगाडि बडाउने निर्णय गरेको थिए । उक्त भेलामा विभिन्न समुहमा रहेका उम्मेदवार तथा मतदाताहरुले साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन । आगामी निर्वाचन परिणामका लागि मन वचन र कर्मले दत्तचित्त भएर लागीपर्नेमा सबैले दृढता व्यक्त गरेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here