Friday, April 26, 2024
Homeफिचरएक वर्षमा सात सय मुद्दा

एक वर्षमा सात सय मुद्दा

- Advertisement -spot_img

दाङ, २९ असोज । प्रदेश नं ५ मा एक वर्षको अविधमा झण्डै सात सयभन्दा बढी विभिन्न किसिमका मुद्दाहरू दर्ता भएका छन् । एक वर्षको अवधिमा दर्ता भएका मुद्दाहरूमध्ये जबरजस्ती करणीका मुद्दाहरू सबैभन्दा धेरै दर्ता भएको ५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
विभिन्न समयमा प्रदेशका १२ वटै जिल्लाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा विभिन्न शीर्षकमा सात सय ८५ वटा मुद्दा दर्ता भएका छन् । साउन महिनादेखि असार मसान्तसम्मको तथ्याङ्क अनुसार ३ सय ७४ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको पाईएको छ । जसमा दाङमा सबैभन्दा धेरै अर्थात् ७१ वटा मुद्दा दर्ता भएका छन् भने रूपन्देहीमा ७० वटा मुद्दा दर्ता भएका छन् ।
प्रदेशका दाङ, बाँके बर्दियालगायतका अन्य जिल्ल्लाहरूमा पनि जबरजस्ती करणीका घटनाहरू बढी दर्ता भएका छन् । पछिल्लो समय सचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुन थालेपछि मुद्दा दर्ता गर्नेहरूको सँख्या बढ्दै जान थालेको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
एक वर्षको अवधिमा बाँकेमा ५७, बर्दियामा ३८, रोल्पामा ८, प्यूठानमा १८, रूकुममा ९, गुल्मीमा १७, अर्घाखाँचीमा १०, नवलपरासीमा २७, कपिलवस्तुमा २५ र पाल्पामा गरी ३ सय ७४ वटा जबरजस्ती करणीका मुद्दाहरू दर्ता भएको तथ्याङ्क छ ।
यस्तै जबरजस्ती करणी उद्योग शीर्षकमा पनि धेरै संख्यामा मुद्दा दर्ता भएको छ । जसमध्ये दाङमा २१ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै रूपन्देहीमा ३१, रूकुममा ४, प्यूठानमा ५, रोल्पामा १, बर्दियामा १७ बाँकेमा ६ वटा मुद्दाहरू दर्ता भएका छन् ।
त्यसैगरी गुल्मीमा २, अर्घाखाँचीमा २, नवलपरासीमा ८, कपिलवस्तुमा २३ र पाल्पामा ६ गरी जबरजस्ती करणी उद्योग शीर्षकमा १ सय २६ वटा मुद्दाहरू दर्ता भएको पाईएको छ । त्यस्तै प्रदेश नं ५ का १२ जिल्लाहरूको तथ्याङ्कमा १ सय ५७ वटा बहुविवाहका मुद्दाहरू दर्ता भएका छन् भने २२ वटा बालविवाहका मुद्धाहरू दर्ता भएका छन् ।
यसैगरी बोक्सीको आरोपमा ६ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । जसअन्तर्गत बाँकेमा १, दाङमा २, रूपन्देहीमा ३ र पाल्पामा १ वटा मुद्दा दर्ता भएको छ । यस्तै बाल यौन दुराचारको शीर्षकमा ४० वटा मुद्दाहरू दर्ता भएका छन् । यस्तै जातिय छुवाछुतसम्बन्धी ७ वटा मुद्दाहरू दर्ता भएका छन् भने मानवविखनसम्बन्धी ४७ वटा मुद्दाहरू दर्ता भएको प्रहरीको तथ्याङ्क छ । यस्तै अवैध गर्भपतनसम्बन्धी २ वटा मुद्दा दर्ता भएका छन् ।

३ हजारको घरेलु हिंसा निवेदन

यसैगरी प्रदेश नं ५ मा घरेलु हिंसाका घटनाहरूसमेत बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष ०७५/७६ को असार मसान्तसम्ममा २ हजार १ सय ९९ वटा घरेलु हिसांका घटनाहरू दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जसमध्ये बाँकेमा एक वर्षको अवधिमा ६ सय ९१ वटा घरेलु हिंसाका घटनाहरू दर्ता भएका छन् । यस्तै रूपन्देहीमा ४ सय २९ वटा, अर्घाखाँचीमा २ सय ९३, नवलपरासीमा २ सय, दाङमा १ सय ५९ वटा घरेलु हिंसाका घटनाहरू दर्ता भएको तथ्याङ्क छ ।
त्यसैगरी कपिलवस्तुमा ९१, बर्दियामा ९०, रोल्पामा ८६, पाल्पामा ५४, रूकुममा ६०, प्यूठानमा र गुल्मीमा २३/२३ वटा घरेलु हिंसाका घटनाहरू दर्ता भएको तथ्याङ्क छ । पछिल्लो समय बढ्दो बेरोजगारी, लागूऔषध सेवन, मादकपदार्थ सेवन, आर्थिक, पारिवारीक तथा सामाजिक समस्याका कारण दिनप्रतिदिन यस्ता घटनाहरू बढ्दै गएको प्रहरीको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here