Saturday, April 27, 2024
Homeफिचरईप्रका कालिमाटीको भवन उद्घाटन

ईप्रका कालिमाटीको भवन उद्घाटन

- Advertisement -spot_img

सल्यान, २४ बैशाख ।
सल्यानको कालीमाटी गाउँपालिका रहेको ईलाका प्रहरी कार्यालयको नयाँ भवन उदघाटन भएको छ । विगत लामो समयदेखि भाडामा रहेको जीर्ण भवनबाटै जनतालाई सेवा दिइरहेको ईलाका प्रहरी कार्यालय कालिमाटी सल्यानले अबदेखि नयाँ भवनबाट आफ्ना सेवाहरु दिने भएको छ । कालिमाटी गाउँपालिकाको दश लाख र जनश्रमदान दुई लाख १४ हजार लागत गरी करिब १२ लाखमा नयाँ भवन निर्माण गरिएको ईप्रका कालिमाटीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयको भवन बनाउनका लागि स्थानीय भूपेन्द्र बहादुर खत्रीले १२ आना जग्गा निःशुल्करुपमा दान गरेको भवन निर्माण समितिका अध्यक्ष लालसिं खत्रीले बताए । लामो समयसम्म प्रहरीले घर भाडा लिएर कार्यालय सञ्चालन गर्दा विभिन्न खालका चुनौतिहरु आइपरेको र लामो समयपछि भवन निर्माणले सार्थकता पाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरतबहादुर विकले बताए ।


भवन निर्माणका लागि स्थानीयले पनि विभिन्न तरिकाले प्रहरीलाई सहयोग गरेका छन् । ईलाका प्रहरी कार्यालयको भवन बनाउनका लागि स्थानीय भूपेन्द्र बहादुर खत्रीले १२ आना जग्गा निःशुल्करुपमा दान गरेको भवन निर्माण समितिका अध्यक्ष लालसिं खत्रीले बताए ।
लामो समयसम्म प्रहरीले घर भाडा लिएर कार्यालय सञ्चालन गर्दा विभिन्न खालका चुनौतिहरु आइपरेको र लामो समयपछि भवन निर्माणले सार्थकता पाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक भरतबहादुर विकले बताए । भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रहरी प्रमुख सुरेश विक्रम शाह, विशिष्ठ अतिथि कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले संयुक्त रुपमा गरेका थिए ।
भवन उद्घाटन गर्दै कर्णाली प्रदेशका प्रहरी नायव महानिरक्षक सुरेशविक्रम शाहले प्रहरी र जनप्रतिनिधि मिलेर जनताको सेवामा लाग्नुपर्ने बताए । उनले कर्णाली प्रदेश सुरक्षाको हिसावले पछाडि परेको क्षेत्र भएकाले सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । यो प्रदेश भूगोलको हिसाबले ठुलो र विकट भएकाले सहजै सुरक्षा दिन नसकिएको बताउँदै बिना नागरिकको प्रहरी नहुने भन्दै उनले समाजको एउटा अभिन्न अंग कर्मथलो समाज नै भएको बताए ।
राप्ती अञ्चल प्रहरी प्रमुख दिलिप चौधरी, प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे उपस्थित रहेको कार्यक्रममा बोल्दै कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले अब नेपालका हरेक सुरक्षा निकायलाई स्थानीय सरकारको सदैव साथ र सहयोग रहेने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here