Friday, April 26, 2024
Homeमुख्य खबरअस्पताल सुधारका लागि अनुदान

अस्पताल सुधारका लागि अनुदान

- Advertisement -spot_img

दाङ, ४ मंसिर । भौतिक पूर्वाधार तथा उपकरण अभावले अस्पतालको सेवा प्रवाह प्रभावित भएपछि प्रदेश नम्बर ५ सरकारले अस्पताल सुधारका लागि अनुदानका कार्यक्रम अगाडि सारेको छ । मर्मत सम्भार तथा उपकरण खरिद शीर्षकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रकम दिन लागेको हो ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार जिल्लास्तरका अस्पताललाई २५ देखि ३० लाख रकम दिइने छ । अञ्चलस्तरका अस्पताललाई ४ देखि ८ करोड रुपैयाँसम्म अनुदान दिने गृहकार्य भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकमै बजेट पठाउने गरी अहिले अस्पतालको लगत संकलन भएको मन्त्री बरालले बताए । प्रदेश मातहतमा २५ अस्पताल छन् । ति अस्पतालमा उपकरण अभावले सबैभन्दा बढी प्याथोलोजी सेवा प्रभावित भएको छ । कतै बिरामी सरकारीको सट्टा बिरामी धेरै रकम तिरेर महंगोमा जान बाध्य छन् भने कतै ४० बर्षदेखिका पुराना र जीर्ण उपकरणमा उपचार गर्दा गलत नतिजा आउने समस्यामा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here