Saturday, April 27, 2024
Homeसम्पादकीयअलि बढी सजक बनौं

अलि बढी सजक बनौं

- Advertisement -spot_img

सम्पादकीय

कोभिड–१९ को प्रकोपले पछिल्लो समय नेपाललाई आक्रान्त बनाउन थालेको छ । सुरू–सुरूमा सामान्य अवस्थामा रहेको कोरोना संक्रमण पछिल्ला केही दिनदेखि द्रूतरूपमा बढेको देखिन्छ ।

एक साताअघि एक सय संक्रमण पनि नपुगेको नेपालमा बुधबारसम्म आईपुग्दा झण्डै तेब्बर बृद्धि भएको छ । यो अवस्थालाई हेर्दा अब सबै आफ्नो क्षेत्रमा गम्भीर बएर बढी सर्तक र सजक हुनुपर्ने देखिन्छ । देशभरी कोरोना संक्रमितको संख्या बढिरहदा प्रदेश नं. ५ मा पनि संक्रमितको संख्या उच्च देखिएको छ ।

प्रदेश ५ मा मात्रै झण्डै ६० जनामा यो संक्रमण देखिनुले उच्च सतर्कता अपनाउन अह्राई रहेको छ । तर पनि जति सजक र सर्तक हुनुपर्ने हो त्यो अवस्था देखिएको छैन । कमजोर सतर्कताले सबैलाई समस्या बनाउन सक्छ । यस्तो अवस्थामा सजक हुनुबाहेक अरू विकल्प छैन ।

देशभरि कोरोना संक्रमणको संख्या बढ्दै जाँदा प्रदेश ५ का ४ जिल्ला पनि यसबाट अछुतो रहन सकेका छैनन् । १२ जिल्ला रहेको प्रदेश ५ मा तराईका ४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही कोरोनाको हटस्पट बन्दै गएका छन् ।

यसलाई सहज गराउन परिक्षणको दायरा अझै बढाउनुपर्ने अवस्था देखिन्छ । दाङमा मात्रै ४ सयजनामा पिसिआर परिक्षण गरिएको छ । अहिलेसम्म सबै रिपोर्ट नेगेटिभ छ । यो अवस्थामा दाङ केही हदसम्म सुरक्षित छ भन्न सकिन्छ । अझै सुरक्षित हुन सजकता हुन जरूरी छ ।

यो आवश्यकता पनि देखिन्छ । अहिलेसम्मको अवस्थामा प्रदेश ५ का जिल्लाहरू उच्च जोखिममा नै देखिएका छन् । नेपालगञ्ज कोरोना भाइरस (कोभिड–१९) को “हटस्पट” बन्यो भने अन्य जिल्ला जोखिममा देखिएका छन् । सामान्य लापरबाहीले समुदाय नै संक्रमणमा पर्न सक्छ । त्यसका लागि सुरक्षा नै महत्वपूर्ण कुरा हुन्छ ।

सुरक्षाका लागि लकडाउनको पालन गर्ने र आफै सुरक्षित बन्ने सजक बन्ने र स्वतस्फूर्त रूपमा सुरक्षित बनाउने विकल्प नै उत्तम छ । सामान्य लापरबाहीले पनि ठूलो क्षति हुनसक्ने अवस्थालाई आँकलन गर्नसकेमा पनि धेरै सहज हुनेछ । यो लापरबाही अबका दिनमा हुनुहुँदैन ।

आफै सजक हुन सकेमा मात्रै भैपरी आउने अवस्थाबाट सुरक्षित हुन सकिन्छ । लापरबाही, वेवास्था गरेका जोखिम आफैबाट सुरू हुन्छ । अहिलेको अवस्था सुरक्षित हुने र सजक बन्ने हो । हामीबाट हुने लापरवाही, अटेरीलाई हटाउन सकेमा आफू मात्र हैन परिवार, समाज र देश नै सुरक्षित राख्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here