Thursday, May 2, 2024
Homeसमाजअपाङ्ग समन्वय समितिको बैठक

अपाङ्ग समन्वय समितिको बैठक

- Advertisement -spot_img

हापुरे, २४ बैशाख । बबई गाउँपालिकास्तरीय अपाङ्ग समन्वय समितिको पहिलो बैठक मंगलबार बबई गाउँपालिकामा सम्पन्न भएको छ । बबई गाउँपालिकास्तरीय अपाङ्ग समन्वय समितिका संयोजक सावित्रा विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले बबई गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गहरुको परिचय पत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम परिचय पत्र वितरण गर्ने निर्णय गरेको छ ।
साथै बैठकले सबै प्रकारका अपाङ्गहरुलाई यही मिति २०७६ जेठ २ गतेसम्म आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नसमेत अपिल गरेको छ । यसरी वडामा आएका निवेदनको ढाँचा र वडाले गरेको सिफारिस अनुसार अपाङ्गता भएका ब्यक्तिहरुले परिचयपत्र प्राप्त गर्न सक्ने बबई गाउँपालिकाका उपाध्यक्ष एवं बबई गाउँपालिकास्तरीय अपाङ्ग समन्वय समितिका संयोजक सावित्रा बिश्वकर्माले जानकारी दिइन् । यसैबीच बैठकले बालाराम महतरा, टीका पौडेल र झग्गु विकलाई समितिमा मनोनित गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here