Friday, April 26, 2024
Homeमुख्य खबरअपाङ्ग दिवस मनाउन बैठक

अपाङ्ग दिवस मनाउन बैठक

- Advertisement -spot_img

घोराही, १३ मंसिर । २७औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन दाङमा क्रियाशील अपाङ्गता क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संस्थाबीच समन्वय बैठक मंगलबार भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ जिल्ला च्याप्टर दाङका अध्यक्ष शिव घर्ती मगरको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
बैठकले जिल्लाका सबै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन अपाङ्गता भएका व्यक्ति, अभिभावक, अपाङ्गता क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था तथा समूह सञ्जाललाई अनुरोध गरेको छ । घोराही क्षेत्रमा महासंघको नेतृत्वमा घोराही उपमहानगरपालिका लगायतका सरोकारवालाहरुसँग समन्वय गरी ‘अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशीता र समानताको सुनिश्चिता, मलाई गणना गर, समावेश गर’ भन्ने मुल नाराका साथ दिवस मनाउने निर्णय भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here