Wednesday, April 24, 2024
Homeमुख्य खबरअधिवेशनको माग

अधिवेशनको माग

- Advertisement -spot_img

तुलसीपुर, २४ साउन । राप्ती बबई क्याम्पस तुलसीपुरका नेविसंघमा आवद्ध विद्यार्थीहरुले क्याम्पसमा तत्काल नेविसंघ इकाई अधिवेशन गर्न माग गरेका छन् ।
राप्ती बबई क्याम्पसका नेविसंघ पूर्व इकाई अध्यक्ष जितेन्द्र प्रकाश वली, निवर्तमान अध्यक्ष रोहित न्यौपाने, पूर्व उपाध्यक्ष कैलाश चन्दलगायतको नेतृत्वमा विद्यार्थीहरुको टोलीले नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्कासँग भेट गरि तत्काल विधिबत अधिवेशनको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा केही समयदेखि क्याम्पसमा नेविसंघभित्रै विवादको अवस्था सिर्जना भई संगठनलाई नै असर परेकाले तत्काल पूर्ण विधिबत रुपमा नेविसंघको इकाई अधिवेशन गर्नका लागि आवश्यक निर्देशन तथा अनुकूल वातावरण निर्माण गरिदिन अनुरोध गरिएको छ ।
चारजना ब्यक्तिहरुले सर्वसम्मत रुपमा विवाद समाधान भयो भन्दै प्रचार गरेको प्रति आपत्ति जनाउँदै सबै विद्यार्थीहरुको भावना नै नयाँ आधिकारिक अधिवेशन भएको उल्लेख छ । साथै उक्त टोलीले केही समय पहिले पार्टी क्षेत्रीय सभापति, नेविसंघका जिल्ला अध्यक्षलगायतको नाम उल्लेख गरी सामाजिक सञ्जालमा अपमान तथा बदनाम बनाउने गरी स्टाटस सार्वजनिक भएको विषयमा तत्काल छानबिन गर्न माग गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here