Sunday, April 21, 2024
Homeफिचरअझै आएन कक्षा ८ को परीक्षा खर्च

अझै आएन कक्षा ८ को परीक्षा खर्च

- Advertisement -spot_img

तुलसीपुर, ११ जेठ ।
पहिलो पटक कक्षा ८ को परीक्षा सञ्चालन गरेका स्थानीय तहलाई शिक्षा मन्त्रालयले उपलब्ध गराउने भनेको परक्षिा खर्च अहिलेसम्ममा पनि उपलब्ध गराएको छैन । गत चैतमा भएको परीक्षा सकिएको दुई महिना बितिसक्दा पनि अहिलेसम्म परीक्षाको खर्च नआउँदा स्थानीय निकायका शिक्षा अधिकारीहरु तनावमा देखिएका छन् ।
प्रश्नपत्र छपाई, लब्धाङ्क पत्र छपाई, विविध विषयमा परीक्षा खर्च तिर्न नसक्दा शिक्षा अधिकारीहरु चिन्तामा देखिएका छन् । कतिले त फेसबुकमा स्टाटस लेखेर राज्यसँग गुनासोसमेत गर्न थालेका छन् । परीक्षा सञ्चालन पूर्व नै आउनुपर्ने परीक्षा खर्च सकेको दुई महिनासम्म पनि आएको छैन शिक्षा अधिकारीहरु भन्छन्, परीक्षाको उधारो पैसा तिर्न नसक्दा बेइजत जस्तै भएको छ । पसले र काम गराएकाहरुको अगाडि लज्जाबोध गर्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ । शिक्षा विभागले समयमै आवश्यक पर्ने रकम नदिदा उधारोमा सञ्चालन गरिएको परीक्षा सामाग्रीको रकम तिर्न नसकेको शिक्षाको भनाइ छ ।

परीक्षा सञ्चालन पूर्व नै आउनुपर्ने परीक्षा खर्च सकेको दुई महिनासम्म पनि आएको छैन शिक्षा अधिकारीहरु भन्छन्, परीक्षाको उधारो पैसा तिर्न नसक्दा बेइजत जस्तै भएको छ ।


स्थानीय तहबाट सञ्चालन भएको पहिलो वर्षमै दाङमा कक्षा ८ को परीक्षा उधारोमा सञ्चालन भएको थियो । विगतका वर्षहरुमा जिल्लास्तरीय परीक्षाको रुपमा सञ्चालन भएको परीक्षा यस वर्षदेखि स्थानीयतह स्तरबाट सञ्चालन गरिएको थियो ।
परीक्षा सामग्री तयार पारेका छापाखानाहरुले बारम्बार रकम मागेकाले लाजमर्दो भएको तुलसीपुर उपमहानगरपालिकाका परीक्षा सञ्चालन समितिका सचिव मुकुन्द रिजालले बताए । जिल्ला शिक्षा कार्यालयबाट सरकारले पठाएको रकम स्थानीय निकायमा नआउनाले यस्तो समस्या भएको उनको भनाइ छ । घोराही उपमहनगरपालिकाका शिक्षा शाखा प्रमुख नारायणप्रसाद पौडेलले काम सम्पन्न गर्नु पूर्व बजेट आउनु पर्ने हो तर अहिलेसम्ममा पनि नआएको गुनासो गरे । परीक्षा सकिएको यति समय बितिसक्दा पनि बजेट नआउँदा उधारो रहेका ठाउँबाट आफूहरुलाई बारम्बार रकम मागेर लज्जित बनाएको शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख घनश्याम ओलीले बताए ।
त्यस्तै जिल्ला शिक्षा कार्यालयले भने जिल्लामा अभाव भएको रकमलाई समाधान गर्नका लागि विद्यार्थी संख्याको आधारमा रकम माग गरेको बताएको छ । गत फागुन ११ गते शिक्षा मन्त्रालय हुँदै अर्थमन्त्रालयमा पठाइसकेको बताएको हो । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले समयमा बजेट उपलव्ध नभएपनि स्थानीय निकायमार्फत परीक्षा सञ्चालन, नतिजा प्रकाशन, पुस्तक व्यवस्थापन, लब्धाङ्क–पत्र वितरण कार्य भने भइसकेको बताए । तर परीक्षाको समयमा आवश्यक भएका परीक्षा सामाग्रीहरुको व्यवस्थापनमा लागेको खर्च भने अझै भुक्तान हुन नसकेको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here