Friday, April 26, 2024
Homeमुख्य खबर२४औं विश्व आदिवासी जनजाती दिवस

२४औं विश्व आदिवासी जनजाती दिवस

- Advertisement -spot_img

गढवा, २४ साउन ।
नेपाल आदिवासी जनजाती समन्वय परिषद् गढवाको आयोजनामा बिहीबार गढवामा २४औं विश्व आदिवासी जनजाती दिवस मनाइएको छ । समन्वय परिषद् गढवाका अध्यक्ष लेखत बहादुर राना मगरको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक शान्ति चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश आदिवासी जनजातीहरुले लक्षित वर्गको बजेट विनियोजन प्रकृयामा आदिबासी जनजाती चनाखो र संगठित नहुँदा राज्यले ढाँटिरहेको बताए । आदिबासी जनजातीहरु आफ्नो भेषभूषा, भाषा संस्कृति परम्परा र कलालाई संरक्षण गर्नेतर्फ एकाकार भएर लाग्नु पर्नेमा सबैको जोड रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले ठूलो संख्यामा रहेका आदिबासी जनजातीहरु संगठित हुन नसक्दा स्थानीय सरकारमा आएको बजेट समेत प्रयोग गर्न नसकेको बताइन् । लक्षित वर्गको बजेट ल्याउन कार्यक्रमको प्रस्तावना तयार गरेर आउनुस्, हामी हरदम सहयोग गर्ने छौँ चौधरीले भनिन् । आफ्नो अधिकार प्राप्त गर्न आफै कस्सिनु पर्छ, घरमा बसेर बजेट घर–घरै लगेर हामीले दिन सक्दैनौं, बच्चाले दूध खाने मन लागेपछि आमासँग रुने कराउने गर्छ, त्यसरी नै आफ्नो अधिकार लिन आफै कस्सिनु पर्छ, उनले भनिन् । कार्यक्रममा थारु कल्याणकारीणी क्षेत्र नम्बर १ का उपाध्यक्ष सीता चौधरी, ईलाका प्रहरी कार्यालय गढवाका सहायक प्रहरी निरीक्षक टोजेन्द्र बिसी, आदिबासी जनजाती बुद्धिजीविहरु जगतराम चौधरी, हेमन्त चौधरी, जितबहादुर आले, सूर्यबहादुर श्रेष्ठ, फगवन्ती थारु कुमाल, जनजाती प्रतिनिधिहरु फागुराम चौधरी, कृष्णलता चौधरी, शान्ता चौधरी र सूर्यबहादुर बुढालगायतले धारणा राखेका थिए । आदिवासी जनजाती समन्वय परिषद् गढवाका वीरबहादुर आलेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जनजाती नेता ओमप्रकाश चौधरीले गरेका थिए । यसैबीच आदिवासी जनजाती जिल्ला समन्वय परिषद् दाङले विश्व आदिवासी जनजाती दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । परिषदका अध्यक्ष रामबहादुर कुमालको अध्यक्षता तथा वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । रक्तदान जीवन दान भएको भन्दै कार्यक्रममा आठजनाले रक्तदान गरेको परिषद्का सल्लाहकार नारायण श्रेष्ठले जानकारी दिए । रक्तदान गर्नेहरुमा वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरी, आदिवासी जिल्ला समन्वय परिषद् दाङका सचिव इलाराम चौधरी, बसन्त श्रेष्ठ, बविन कुशुण्डा, बावुराम चौधरी, मुकबहादुर बुढा, विकास रोका, बाबुराम कुमाल रहेका छन् । आदिवासी जनजाती जिल्ला समन्वय परिषद्ले आदिवासी जनजाती सवालका विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here