Saturday, April 27, 2024
Homeमुख्य खबरस्थापना दिवसमा वृक्षारोपण

स्थापना दिवसमा वृक्षारोपण

- Advertisement -spot_img

घोराही, २६ साउन । नेपाल महिला संघको ७२औँ स्थापना दिवसमा महिला संघ दाङले घोराही–१६ मा रहेको तेरौटे वृद्धाश्रममा बृक्षारोपण गरेको छ । महिला संघ जिल्ला समितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण गरेको हो । आश्रम परिसरमा विभिन्न जातका विरुवाहरु रोपिएको थियो ।
महिला संघ दाङका अध्यक्ष गोमा रावतको अध्यक्षता एवं कांग्रेस जिल्ला उपसभापति कमानसिंह भारतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला संघले विभिन्न आन्दोलनलगायत सामाजिक कार्यमा अतुलनीय योगदान गरेको बताएका थिए ।
र्यक्रममा महिला संघ दाङका संस्थापक अध्यक्ष विमला योगी, नेपाली कांग्रेसका जिल्ला सहसचिव खीमा अधिकारी, कांग्रेसका जिल्ला सदस्य देवा डाँगी, कांग्रेस दाङ क्षेत्र नम्बर ३ का उपसभापति भगतसिंह भारति,
कांग्रेसका महाधिवेशन प्रतिनिधि सुशीला थापा, महिला संघका महाधिवेशन प्रतिनिधि पुष्पा श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य लोका विक, घोराही उपमहानगरपालिका–१६ नेपाली कांग्रेसका इकाई सभापति सुरेश पछाई, निवृत राष्ट्रसेवक समाज दाङका अध्यक्ष चतुरमान डाँगीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै तरुण दल दाङका अध्यक्ष टिका घर्ती, नेविसंघका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, नेविसंघ दाङ क्षेत्र नम्बर ३ का सभापति तिलक रावत, नेपाल महिला संघका महाधिवेशन प्रतिनिधि शान्ता घिमिरे, महिला संघका जिल्ला सदस्य लोकेश्वरी अधिकारी, महिला संघ क्षेत्र नम्बर २ का अध्यक्ष सुशीला पौडे, महिला संघ क्षेत्र नम्बर ३ का अध्यक्ष जानका केसी, महिला संघका घोराही नगर अध्यक्ष द्रोपता न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । महिला संघ घोराही उपमहानगरपालिका १६ का अध्यक्ष भीमा डाँगीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here