Friday, April 26, 2024
Homeमुख्य खबरस्थानीय तहका कर्मचारी आन्दोलित

स्थानीय तहका कर्मचारी आन्दोलित

- Advertisement -spot_img

तुलसीपुर, ४ पुस । स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तहहरु पूर्णरुपमा ठप्प भएका छन् । कर्मचारीबीचको ब्यवहार एकै हुनुपर्ने माग राख्दै मंसिर २८ गतेदेखि चरणवद्ध आन्दोलनमा रहेको स्थानीय तहका कर्मचारीहरुले मंगलबार हातमा कालोपट्टी बाँधेर काम रोकेका हुन् ।
कर्मचारीको आन्दोलित भएपछि तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेन । बसिरहेको बैठक स्थगित गरिएको छ । बिहान ८ बजेदेखि बसेको कार्यपालिका १० बजेदेखि कर्मचारीहरु आन्दोलित भएपछि स्थानीय कर्मचारीले जनप्रतिनिधिलाई बैठक नगर्न र बैठकलाई कर्मचारीको सहयोग नहुने भनेपछि १० बजेर १ मिनेटमै कार्यपालिकाको बैठक स्थगित गराइएको स्थानीय तह कर्मचारी संघका केन्द्रीय सल्लाहकार झरेन्द्र खरेलले जानकारी दिए । तुलसीपुर उप–महानगरपालिकाका कर्मचारीहरु कार्यालय समयदेखि नै आन्दोलित भएका छन् । निजामती कर्मचारी र जनप्रतिनिधिहरुले उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको खरेलले बताए । उनले केन्द्रीय कार्यक्रम अनुसार आन्दोलन गरिएको भन्दै एकै निकायमा काम गर्ने कर्मचारीहरुलाई राज्यले विभेद गरेको आरोप लगाए । सबै कर्मचारीलाई समानता हुनुपर्छ, उनले भने, विभेद गर्न पाइदैन । त्यसै गरेर दाङको घोराही उपमहानगरपालिका, लमही नगरपालिका, गाउँपालिकाहरुमा पनि आन्दोलनले काम ठप्प भएको छ ।
स्थानीय तह कर्मचारीहरुले स्थानीय तहका कर्मचारीको लागि सर्वोच्च अदालतले २०७४ पुसमा गरेको फैसला कार्यान्वयन हुनुपर्ने, कर्मचारी अध्यादेशको दफा १५ मा यसको ब्याख्या गरी समेटिनु पर्ने, स्थानीय निकायका कर्मचारीको तहगत बढुवा तथा श्रेणीविहीनहरुको स्तरवृद्धि गरिनु पर्ने, कर्मचारी समायोजन अध्यादेशमा स्थानीय तहमा समायोजन हुने सबै कर्मचारीलाई समान ब्यवहार गर्न साविकका स्थानीय निकायकाका कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गरिनु पर्ने, अस्थायी करार, ज्यालादारी, सामाजिक परिचालकको सेवा निरन्तरता गर्नुपर्ने लगायतका माग राखेर स्थानीय कर्मचारीहरु आन्दोलित भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here