Sunday, April 21, 2024
Homeसम्पादकीयसेवालाई निरन्तरता देऊ

सेवालाई निरन्तरता देऊ

- Advertisement -spot_img

सेवाप्रवाहका लागि हरेक निकायले आफ्नै शैली र ब्यवस्था अपनाएका हुन्छन् । कुन कार्यालयमा कस्तो सेवा प्रवाहको नीति बनाउँदा सेवाग्राहीलाई सहज हुन्छ ? भन्ने योजना अनुरुप नै आफू अनुकूल सेवा प्रवाह प्रक्रिया कार्यालयहरुले अपनाउने गरिन्छ ।
कार्यालयको प्रकृति, स्रोत साधन, अवस्था हेरेर सेवालाई परिस्कृत गर्ने गरेका जिल्लामा धेरै कार्यालयहरु रहेका छन् । सेवाप्रवाहको सहजताका विभिन्न उपायहरुसमेत अपनाउँदै आइएको पनि छ । विद्युत खानेपानी कार्यालयहरुले महसुल भुक्तानीका लागि ई–सेवासँगको सहकार्य बढाएर सेवाग्राहीलाई महसुलकै लागि कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाउने प्रयास गरेका छन्
भने अन्य सरकारी कार्यालयले अनलाइन सेवा सुचारु गरेर सेवाग्रहीलाई सहजता बनाउने काम पनि गरिरहेका छन् । तर यस्ता प्रक्रियाले कतै सजिलो त कतै अप्ठेरो पनि बनाउँदै आएको पाइन्छ । विद्युतले सञ्चालन गरेको अर्काे प्रणाली टोकन सिस्टमले निरन्तरता नपाउँदा अहिले सेवाग्राहीहरु मारमा परेको सार्वजनिक भएको छ । यसले सरकारी कार्यालयहरुले सुरु गर्ने सेवा प्रणालीहरुको निरन्तरता हुनुपर्ने औंल्याइदिएको छ ।
विद्युत प्राधिकरण तुलसीपुर कार्यालयले सुरु गरेको टोकन सिस्टम अहिले बन्द भएको छ । केहि समय सुरु भएर सञ्चालनमा आएको सिस्टम एकाएक बन्द हँुदा सेवाप्रवाह र सेवाग्राहीलाई असर नपर्ने कुरै भएन ।
सेवा सुरु गरेर बन्द भएको सेवाको अहिले असहजता सार्वजनिक हुनु राम्रो होइन । सेवा सहजताका लागि गरेको व्यवस्थालाई कार्यालयले बन्द हैन थप परिस्कृत गर्न सक्नुपर्छ ।
विद्युतमा हुने भिडभाडलाई व्यवस्थापन गर्न र सेवाप्रवाहलाई छिटोछरितो, प्रभावकारी बनाउन सुरु भएको टोकन सिस्टम तत्काल पुनः लागू गर्नेतर्फ कार्यालय तत्पर हुनुपर्छ ।
जनताको सेवाका लागि स्थापना हुने आधुनिक सिस्टमलाई कार्यालयहरुले दीर्घकालिन र निरन्तर सञ्चालन गर्नेतर्फ पनि सोच्न जरुरी छ । टोकन सिस्टमले सेवाग्राही र कार्यालय दुबैलाई धेरै सहन बनाएको थियो । त्यो सहजता सिस्टम बन्द भएसँगै सेवा बन्द हुनु सकारात्मक पक्ष मानिदैन । तसर्थ कार्यालय जति सक्दो छिटो टोकन सिस्टमलाई सञ्चालन गर्नेतर्फ सोच्नु अनिवार्य छ ।
सेवाग्राहीहरु प्रविधिमैत्री भइसकेका छन् । कार्यालय पुगेरै गर्नुपर्ने कामबाहेक अन्य काम प्रविधिबाटै गर्न सक्ने अवस्थामा पुगेका उपभोक्तालाई त्यहि अनुसारको सेवा कार्यालयहरुले दिन सक्नुपर्छ ।
त्यति मात्र हैन भएको र सेवाप्रवाहमा सहजता अनुभूति भएको प्रणालीहरुलाई पनि कार्यालयले प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमा सबै प्रकारका सेवाग्राहीहरु यसबाट लाभाम्वित हुने र सेवा प्रवाह पनि उत्कृष्ट हुने देखिन्छ । तसर्थ विद्युत कार्यालय सञ्चालन गरेर रोकेको टोकन सिस्टमलाई तत्काल लागू गरेर नागरिकको सेवालाई छिटोछरितो बनाउन विद्युत कार्यालय लाग्नुपर्छ । अबको आवश्यकता यसको निरन्तरताको रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here