Friday, April 26, 2024
Homeमुख्य खबरसीमा रक्षाको माग गर्दै नेविसंघ सडकमा

सीमा रक्षाको माग गर्दै नेविसंघ सडकमा

- Advertisement -spot_img

तुलसीपुर, २८ कार्तिक । भारतले नयाँ सार्वजनिक गरेको नक्साको विरूद्ध नेपाल विद्यार्थी संघ दाङले तुलसीपुरमा प्रदर्शन गरेको छ । नेपाली भू–भागलाई समेटेर भारतले एकतर्फी नक्सा तयार गरेको भन्दै नेविसंघले नाराबाजीसहित बुधबार दाङमा विरोध प्रदर्शन गरेको हो ।
‘सीमा मिच्न पाइदैन, यस्ता छिमेकी चाइदैन, लिम्पयाधुरा, कालापानी, लिपुलेक हाम्रो हो’ लगायतका नारासहित नेविसंघ दाङले तुलसीपुर क्षेत्रमा प्रदर्शन गरेको हो । सहभागी विद्यार्थीले नेपाली भूमि फिर्ता गर्नका लागि सरोकारवालाको ध्यानाकर्षण गरेका छन् ।
नेपाल विद्यार्थी संघ दाङका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकीको अध्यक्षतामा भएको सभामा सहभागी वक्ताहरूले नेपाली भूमि समावेश गरिएको भारतको नयाँ नक्साविरूद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने बताए् । उनीहरूले सीमा रक्षाको माग गर्दै नेपाली भूमि फिर्ता गराउन पहल थाल्नुपर्नेमा जोड दिए ।
तुलसीपुरको वीपी चोकमा आयोजित सभालाई सम्बोधन गर्ने वक्ताहरूले नेपाली भूमि समावेश गरिएको भारतको नयाँ नक्साविरूद्ध सरकारले तत्काल कदम चाल्नु भन्दै सचेत तुल्याएका थिए । उनीहरूले भारतलाई तत्काल नक्सा सच्याउन माग पनि गरे ।
सभामा नेविसंघ दाङका सदस्य सुवास डिसी, घनश्याम भण्डारी, राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियु सभापति अनिल कार्की, क्याम्पसका इकाई सभापति बसन्त बस्नेत, नेविसघं तुलसीपुर उपमहानगरका संयोजक राजिव पाण्डे, विद्यार्थी नेता जितेन्द्र प्रकाश वली, नेपाल तरूण दलका जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने लगायतले राष्ट्र र राष्ट्रियता संरक्षण गर्न सबै सचेत नागरिक एक हुनुपर्ने बताएका थिए ।
प्रदर्शनमा मावि ग्रेट अरनिको, राप्ती बबई क्याम्पस, ज्ञानज्योती, गोरखा माविलगायत विभिन्न क्याम्पस तथा विद्यालयका सयौँ विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी संघ दाङका सदस्य किरण केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here