Thursday, April 25, 2024
Homeफिचरसिटीस्क्यान मेसिनको उद्घाटन

सिटीस्क्यान मेसिनको उद्घाटन

- Advertisement -spot_img

घोराही, १२ मंसिर । सवारी साधनको कुन भागमा समस्या देखिएको छ ? अब सहजै पत्ता लगाउन सकिने भएको छ । अटो भिल्ला बिजनेश ग्रुपले सिटीस्क्यान मेसिनको ब्यवस्था गरेपछि अब सहजै पत्ता लगाउन सहज भएको हो । सिटीस्क्यान मेसिन नहुँदा सवारी चालकहरुले समस्या झेल्दै आएका थिए । ती समस्यालाई मध्य नजर गर्दै अटोभिल्ला बिजनेस ग्रुपले सिटीस्क्यान्को ब्यवस्था गरेको हो ।
मेसिनको एक कार्यक्रमका आयोजना गरी उद्घाटन गरिएको छ । अटो भिल्ला बिजनेश ग्रुपका म्यानेजिङ डाइरेक्टर सुशील पोख्रेलको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष नारायणप्रसाद भुसालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
कार्यक्रममा गाडीको चक्का बराबर नापमा बनाउन डोरीले नाप्नु पर्ने बाध्यताको अन्त्य हुने, यस किसिमको अत्याधुनिक सिटीस्क्यान मेसिन दाङमै पहिलो भएको अटोभिल्ला बिजनेश ग्रुप सञ्चालक पोख्रेलले जानकारी गराएका छन् ।
त्यस्तै सुविधा सम्पन्न वर्कशप सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरेको अटोभिल्ला बिजनेस ग्रुपमा डेन्टिङ पेन्टिङ, इञ्जिनलगायतका सबै काम गरिने र समान पनि एकै ठाउँमा पाइने जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति नारायणप्रसाद भुसालले पछिल्लो चरणमा अटोभिल्लाले राम्रो सुविधा दिएको बताउँदै घोराहीमा मात्र नभई यसको शाखा अन्य ठाउँमा विस्तार गर्दै जानुपर्ने सुझाव दिएका थिए । त्यस अवसरमा अटोभिल्ला बिजनेश ग्रुपमा कार्यरत कर्मचारी मुमार केसीलाई सम्मान तथा बिदाइ गरिएको थियो । कार्यक्रमको सहजीकरण सुरज बुढाथोकीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here